बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फेरि बत्ती जाने क्रम बढ्नुको कारण के हो? लोडशेडिङ फेरि हुन लागेको हो?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
साउन २६, २०७८ ०४;३० बिहान प्रकाशित
फेरि बत्ती जाने क्रम बढ्नुको कारण के हो? लोडशेडिङ फेरि हुन लागेको हो?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डू उपत्यका र देशका अन्य भागमा पछिल्ला केही दिनहरूमा बत्ती जाने क्रम बढेको गुनासो सर्वसाधारणले गरिरहेका छन्। एकै दिनमा पटक पटक बत्ती जाने गरेको कहिलेकाहीँ एक घण्टाभन्दा बढी समय बत्ती जाने गरेको गुनासो सामाजिक सञ्जालहरूमा उपभोक्ताहरूले पोस्ट गर्ने गरेका छन्।

कतिपयले १८ घण्टाभन्दा बढी लोडशेडिङको मार खेपिसकेको नेपाल पुनः त्यही बाटोमा फर्कन लागेको हो कि? भन्ने किसिमका आशङ्का पनि व्यक्त गरिरहेका छन्। तर नेपाल विद्युत् प्राधिकरणले भने पछिल्लो समय उत्पन्न भएको अवस्था र लोडशेडिङबीच सम्बन्ध नरहेको जनाएको छ। देशमा हाल विद्युत् उत्पादनको अवस्था राम्रो रहेको र भारतबाट गरिँदै आएको आयात समेत घटेको प्राधिकरणको भनाइ छ। त्यसो भए झ्याप्प झ्याप्प बत्ती जाने समस्या किन उत्पन्न भइरहेको छ?

के हो कारण?
काठमाण्डूमा हाल त्यसरी बत्ती जानुको कारणमध्ये एक भक्तपुर – बानेश्वर – पाटन ६६ केभी प्रसारण लाईको क्षमता अभिवृद्धि आयोजना रहेको अधिकारीहरूको भनाइ छ। हाल भक्तपुरको कटुन्जे – बानेश्वर ६६ के भी प्रसारण लाइन खण्डको पुरानो तथा जीर्ण कन्डक्टर बदल्ने कार्य भइरहेको र प्रत्येक दिन त्यसैका कारण बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म उक्त प्रसारण लाइन बन्द गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।

धेरै पुरानो प्रसारण लाइन रहेछ। पट्क पटक समस्या आउने हुँदा कन्डक्टर फेर्ने क्रममा वरपरको लाइन बन्द गर्नुपर्ने हुन्छ, उनले भने। लगनखेल र लुभु लगायतका स्थानहरूमा स्थित फीडरहरू त्यसबाट प्रभावित भएको उनले जानकारी दिए। त्यसबाहेक सडक विस्तारका क्रममा वितरण लाइन स्थानान्तरण गर्नुपर्दा पनि समस्या परेको उनले जानकारी दिए।

बत्ती झ्याप्प झ्याप्प जानुमा जमिन मुनिबाट बिजुलीको तार बिछ्याउने कार्य पनि कारक रहेको बताइएको छ। काठमाण्डू उपत्यका बाहिर पनि मर्मत सम्भारका कामका कारण समस्या आएको हुन सक्ने उनले जानकारी दिए।

उत्पादनको अवस्था कस्तो छ?
बिजुली गइरहने समस्या काठमाण्डूसहित विभिन्न स्थानमा देखा परेको भए पनि विद्युत् उत्पादनमा भने समस्या नरहेको प्राधिकरणले जनाएको छ। हाल ४५६ मेगावाट जडित क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको चार वटा युनिट ग्रिडमा जोडिएको बताइएको छ।

हरेको युनिटले ७५ मेगावाट विद्युत् उत्पादन गर्नेहुँदा हाल उक्त आयोजनाले ३०० मेगावाट विद्युत् उत्पादन गरिरहेको तिम्सिनाले जानकारी दिए। त्यसकै कारण पछिल्लो समय भारतबाट हुँदै आएको विद्युत् आयात भने १०० मेगावाट भन्दा कममा झरेको बताइएको छ। पछिल्लो समय नेपालको आन्तरिक बजारमा विद्युत्को माग पनि बढेको प्राधिकरणको भनाइ छ।

तिम्सिनाका अनुसार नेपालमा दैनिक झन्डै ३ करोड युनिट विद्युत् खपत हुन्छ। त्यो सङ्ख्या गत वर्ष २.५ करोडको हाराहारीमा थियो। त्यस्तै अत्यधिक माग १,४०० देखि १,५५० मेगावाटको बीचमा छ भने न्यूनतम माग १,००० मेगावाटको आसपासमा रहेको बताइएको छ। नेपालमा बेलुकाको समयमा सबैभन्दा बढी विद्युत् खपत हुने अधिकारीहरू बताउँछन्।

लोडशेडिङ भनेको जति माग छ त्यसलाई परिपूर्ति गर्न नसकेपछि लोड काट्दा हुने हो। त्यो त अवस्थै छैन नि। आन्तरिकबाट (उत्पादन) भएन भने भारतबाट भए पनि … त्यो गरेको त चार पाँच वर्ष भइसक्यो, तिम्सिनाले भने।

कसरी समाधान गर्न सकिन्छ यस्ता समस्या?
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष कृष्णप्रसाद आचार्य भने उक्त भनाइसँग सहमत छैनन्। उनी भन्छन्, बत्ती बाल्ने कुरामा हामी लोडशेडिङ मुक्त भएको अवस्था हो। अन्य- औद्योगिक खपत, कृषि, सिँचाइ, व्यापार, व्यवसायमा हुने खपत त हामीले कुरा गरेकै छैनौँ।

आचार्यका अनुसार प्रसारण लाइन र ट्रान्सफर्मरहरूको कमजोरीका कारण काठमाण्डू लगायतका स्थानहरूमा बेला बेलामा बत्ती गइरहने समस्या देखिएको हो। पहिले पहिले आवश्यकता अनुसारको विद्युत् उपयोग हुनै पाउँदैन थियो। प्रसारण लाइनमा प्रसारण नै हुँदैन थियो। तर अहिले फुल फ्लेजेड बिजुली छ, तर प्रसारण लाइन कमजोर छ। त्यसलाई अपग्रेड नगरेसम्म समस्या रहिनै रहन्छ, उनले भने।

नेपालमा विद्युत् व्यापार गर्ने अधिकार प्राधिकरणसँग मात्रै छ। विद्युत् व्यापारका धेरै पाटा एउटै निकायले हेर्दा भार परेका हुँदा अपेक्षाकृत रूपमा मर्मत संहार र व्यवस्थापन लगायतका कार्यहरू हुन नसकेको आचार्य बताउँछन्। प्राधिकरण एक्लैले धान्न नसक्ने अवस्थामा निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि बाटो खुला गरिदिनुपर्ने उत्पादकहरू बताउँछन्। निजी क्षेत्रको सरोकार नाफा र नोक्सानसँग सम्बन्धी हुने हुँदा  सेवामा सुधार हुने उनीहरूको भनाइ छ। बजारमा प्रतिस्पर्धा भएको अवस्थामा नयाँ प्रदायकहरूले दिने सेवामा मात्रै नभएर सेवा दिँदै आएको प्रदायकको गुणस्तरमा पनि सुधार हुने आचार्यले तर्क गरे। यो समाचार बिबिसी नेपाली मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!