ललितपुर । नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकाको परिसर भित्र संचालनमा आएको छ । उक्त काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त गरे ।
बैंकले कृषि, महिला उद्यमशिलता लगायतको क्षेत्रमा रोजगार बृद्धि गर्न तथा उत्पादनमुलक क्षेत्रमा लगानीका साथै नगरबासीहरुको आर्थिक उन्नतीमा हातेमालो गर्दे सामाजिक उत्तरदायित्व वहन गरी अगाडी बढाउनुपर्ने बताए । महानगर उपप्रमुख गीता सत्यालले नेपाल बैंक महानगरपालिकसँग सहकार्य गरी डिजिटल बैकिङ्ग सुविधाद्वारा सेवाग्राहीहरुलाई आगामी दिनमा आधुनिक बैकिङ्ग सेवा दिनुपर्ने बताए ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको पहिलो बैंकले डिजिटल बैकिङ्गद्वारा डिजिटल नेपाल बनाउन पछि नपर्ने तथा सेवाग्राहीहरुको माग र समय सापेक्ष आफ्नो सेवा प्रदान गर्ने बनाए ।
खल्ती डिजिटल वालेटले नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टीभीएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।
खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टीभीएसको मोटरसाइकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्न सक्ने भएका छन् । खल्तीले ग्राहकहरुको सहजताको लागि टीभीएस सोरुममा खल्ती क्यूआर पनि सेट गरेको छ जस मार्फत ग्राहकहरुले युनियन पेसँग आवद्ध बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे बीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसका सल्लाहकार तथा गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना संयोजक सुदिप न्यौपानेले हस्ताक्षर गरे । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना अन्तर्गत रही लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेको सिफारिसमा काभ्रेमा अध्यापनरत शिक्षकहरुलाई किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने छ ।
उक्त प्रक्रियामा शिक्षकहरुले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिएर इजी बाई इजी पे मार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन सक्नेछन् । यसका साथै बैंकले काभ्रेका शिक्षकहरुका लागि बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-