काठमाडौं : वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने प्रलोभनमा करिब पौने तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफुलाई समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर बताउने धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३९ वर्षीय दीपबहादुर गुरुङलाई प्रहरीले २ करोड ६१ लाख ५५ हजार लिएको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेको हो ।
युवाहरुको रकम लिएर लामो समयदेखि सम्पर्कविहीन भएका गुरुङलाई प्रहरीले उनीहरुकै सूचनाका आधारमा पक्राउ गरेको बताइएको छ ।
त्यसैगरी धादिङ थाक्रेका निमा लामाले पनि काठमाडौं हाडीगाउँमा कन्सलटेन्सी सञ्चालन गरी त्यसमार्फत सिंगापुरमा रोजगारी लगाइदिने भन्दै ७८ जनाबाट लाखौं रकम रकम असुलेको उजुरी परेको छ ।
प्रहरीले ठगीको आरोपमा अनुसन्धान गर्न कम्पनीका संचालकसहित अन्य चार जनाको खोजी गरिरहेको बताएको छ । नेपालीले अन एराइभल भिसा पाउने सिंगापुरमा वर्कपर्मिट भने छैन । तर दलालहरुले क्रुजमा काममा लगाइदिने भन्दै ठगी गर्ने गरेको प्रहरीले बताएको छ । यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया लेख्नुहोस्:-