बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यूएईको नयाँ मापदण्डले नेपाली श्रमिक प्रभावित, माइतीघरमा विरोध

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन २८, २०७८ ११;४२ बिहान प्रकाशित
यूएईले आफ्ना नागरिकलाई नेपालसहित १४ देशको यात्रामा लगायो प्रतिबन्ध
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, साउन २८ गते । कोरोनाको महामारीको बीचमा नेपालीका प्रमुुख श्रम गन्तव्य मुलुकले आआफ्नै मापदण्ड बनाएर श्रमिकलाई प्रवेशमा खुला गरेका छन् । त्यस्ता मापदण्डअनुसारको व्यवस्था नेपालमा नहुँदा श्रमिक मारमा परेका छन् ।
देशमै उपलब्ध नभएको एन्टिजेन परीक्षणलाई श्रमिक प्रवेशको अनिवार्य सर्त राखेर श्रमिकलाई विमानस्थलबाटै फर्काउने कामले टिकट लिएर उड्ने तयारी गरेका श्रमिक झनै अन्योलमा परेका हुन् ।

पछिल्लो समय संयुक्त अरब इमिरेटस् (यूएई)ले लागू गरेको नयाँ मापदण्डका कारण सुर्खेत वीरेन्द्रनगर उपमहानगरपालिकाका जङ्गबहादुर शाही विमानस्थलबाट फिर्ता हुनुभयो । चार महिनाअघि यूएईबाट घर बिदामा आउनुभएका उहाँ विदेश जाने पुनः श्रम स्वीकृतिलगायतका सबै प्रक्रिया पूरा गरी मङ्गलबार ७२ घण्टाअघिको पीसीआर रिपोर्ट, कम्पनीले पठाएको टिकटसहित विमानस्थलमा पुग्नुभएको थियो तर उहाँसँग नयाँ मापदण्डअनुसारको एन्टिजेन परीक्षणको रिपोर्ट नहुँदा उहाँ यूएई उड्न पाउनुभएन ।

१३ वर्षदेखि यूएईको विभिन्न कम्पनीका काम गर्दै आउनुभएका उहाँले भन्नुभयो, “कम्पनीले पठाएको टिकट मङ्गलबारलाई थियो । भिसाको पनि अब दुई दिन मात्रै बाँकी छ, म के गर्ने ?” उहाँजस्तै यूएई जाने सयौँ युवा अन्योलमा छन् ।
नेपालमा अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणको व्यवस्था र त्यस प्रविधि नै छैन । विमानस्थलका अधिकारीका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन यूएई सिभिल एभिएसन अथोरिटीले लागू गरेको नयाँ नियमका कारण कोही पनि यात्रु जान नपाउँदा जहाज रित्तै फर्केका छन् ।

नेपालबाट यूएई उड्ने यात्रुको हकमा ४८ घण्टाभित्र गरिएको कोरोना परीक्षण (पीसीआर)को नेगेटिभ रिपोर्ट र चार घण्टा पहिले विमानस्थलमै गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ । यूएई सरकारले पछिल्लो समय कोरोना सङ्क्रमण बढेका नेपालसहितका १६ मुलुकलाई जोखिमको सूचीमा राखेको छ । त्यस सूचीमा रहेका मुलुकबाट आउनेका लागि नयाँ मापदण्ड लागू गरिएको हो । यूएईले नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्कालगायतका देशलाई अति जोखिम भएका देशको सूचीमा राखेको छ । यूएईको यही नयाँ मापदण्डका कारण नेपालबाट यूएई हुने उडान अनिश्चित बनेको छ ।

माइतीघरमा विरोध
संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले भनेअनुसार एन्टिजेन परीक्षण गर्ने प्रविधिको व्यवस्था त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने माग गर्दै यूएई उड्न नपाएकाले राजधानीमा विरोध कार्यक्रम गरे । यूएई सरकारले नेपालीको प्रवेशका लागि एन्टिजेन परीक्षणबिना लगातार तीन दिनदेखि यूएई प्रवेश हुन नदिएपछि प्रभावित युवाले बुधबार माइतीघरमा विरोध गरेका हुन् ।
विरोधमा सहभागी युवाले यूएई जानेका लागि तुरुन्त एन्टिजेन परीक्षणको व्यवस्था विमानस्थलमा गरिनुपर्ने, भिसा अवधि सकिएर जान नपाएकाको क्षतिपूर्ति सरकारले बेहोर्नुपर्ने, उड्न नपाएकाको टिकटको खर्च सरकारले बेहोर्नुपर्नेलगायतका माग गरेका छन् । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!