बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छः राष्ट्रपति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in रोजगार
साउन २९, २०७८ ०९;५२ बिहान प्रकाशित
युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छः राष्ट्रपति
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, साउन २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरुमा रहेको उर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरी युवालाई उत्पादनसँग जोड्नु आवश्यक रहेको उल्लेख गर्नुहुँदै मुलुकको सकारात्मक परिवर्तनका लागि नेपाली युवालाई सिर्जनात्मक सोचसहित प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभयो ।

युवा शक्ति देशको शक्ति हो भन्नुहुँदै उहाँले युवाको काँधमा परिवार, समाज र राष्ट्रको ठूलो जिम्मेवारी रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र आर्थिक र समाजिक प्रणाली नै अवरुद्ध हुने उल्लेख गर्नुहुँदै युवाको ठूलो पङ्क्ति विदेश पलायन हुँदा दिगो अर्थतन्त्रको विकासका लागि समेत प्रतिकूलता सिर्जना हुन पुग्ने बताउनुभयो । “युवाहरु रोजगारीका लागि विदेशिँदा हाम्रा कतिपय सामाजिक सांस्कृतिक मूल्य मान्यतामा विचलन आएको छ । यसले पारिवारिक सुख, शान्तिमा पनि खलल पुगेको छ”, उहाँले भन्नुभयो, “सीपको अभावमा वैदेशिक रोजगारीमा जाँदा न्यून आम्दानी हुनुका साथै स्वास्थ्य सुरक्षा र नोकरी पनि असुरक्षित हुन जान्छ ।”

राष्ट्रपति भण्डारीले कृषिजन्य पदार्थ र वनजन्य वस्तुको उच्च व्यापार घाटालाई न्यूनीकरण गर्नका लागि युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्ने उल्लेख गर्नुहुँदै युवालाई सीपयुक्त गुुणस्तरीय शिक्षाद्वारा नवप्रवर्तनमा सहभागी गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कोभिड–१९ महामारीले अर्को चुनौती थपिएको बताउँदै उहाँले सङ्क्रमणकै कारण कृषि प्रणालीमा प्रतिकूलता र खाद्यान्न उत्पादन, वितरण र उपभोगमा समेत समस्या पैदा भएको उललेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नवीन सोचका माध्यमबाट खाद्य प्रणालीमा रुपान्तरण तथा वातावरण संरक्षणका साथै नेपाली समाज र सिङ्गो भूमण्डलीय संरक्षणमा पैभावकारी भूमिका निर्वाह गर्न युवालाई सफताला मिलोस् भनेर कामनासमेत गर्नुभयो । उहाँले चेतना र जागरणका संवाहक नेपाली युवाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थापित राष्ट्रिय युवा परिषद्ले विभिन्न सिर्जनात्मक काम गर्दै आएकामा खुशी लागेको बताउनुभयो ।

मुलुकको सामाजिक र आर्थिक प्रणालीसँग जलवायु परिवर्तनको मुद्दा अभिन्न अङ्गको रूपमा जोडिएको बताउँदै उहाँले हरित गृह ग्याँसको उत्सर्जनमा भएको वृद्धिले विश्वमा तामपान बढ्न गई जलवायु सङ्कट उत्पन्न भएको उल्लेख गर्नुभयो । “जलवायुको उच्च जोखिममा नेपाल पनि रहेको छ, यसबाट हाम्रो हिमालय क्षेत्रको तापमानमा पनि वृद्धि भई हिमाल पग्लने, हिमताल विष्फोटन हुने र सम्पूर्ण जनजीवन अस्तव्यस्त हुने सम्भावना बढेर गएको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले अप्रत्यासित बाढी, पहिरो, अनावृष्टि, शीतलहर, प्राकृतिक तापमान अस्वाभिक वृद्धिजस्ता कारणले प्राकृतिक वातावरणलाई समेत खलबल्याएको उल्लेख गर्नुहुँदै वन विनास, भूक्षय, आगलागी र प्रदूषणले जनजीवन थप प्रभावित बन्न पुगेको बताउनुभयो । “जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरण गर्नका लागि युवा समुदायले विशेष पहल लिनुपर्दछ”, उहाँले भन्नुभयो । खाद्य उत्पादनमा ह्रास, असुरक्षित खाद्य व्यवस्था, खानाको गलत प्रयोग र पोषणयुक्त खानाको कमीले मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको बताउँदै उहाँले हाम्रो खाद्य प्रणालीमा रुपान्तरणका लागि खाद्यवस्तु उत्पादन, संरक्षण, वितरण र उपयोगमा युवाको नवीन सोचको प्रयोग हुन सके मानव स्वास्थ्य सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । दिवसकै अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना गरिएको युवाको क्षमता विकास, युवा नेतृत्वसम्बन्धी कार्यक्रम गरिएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले परिवर्तनका संवाहक युवा भएकाले युुवाको क्षमता विकास गरेर मात्र मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले युवालक्षित कार्यक्रम ल्याए पनि कार्यन्वयनमा समस्या भएकाले युवाका मुद्दा अझै सम्बोधन हुन नसकेको बताउनुभयो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो
रोजगार

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
कतारको अदालतले कामदारलाई भन्यो- आफ्नो असन्तुष्टि पहिले रोजगारदातासमक्ष राख्नू
रोजगार

कतारमा नेपाली कामदारका लगि वैदेशिक रोजगारको अवसर, मासिक तलब तथा सेवासुविधा कस्तो ?

फाल्गुन १४, २०७८ २१;५६ मध्यान्ह प्रकाशित
जापानमा कामदार भिसामा जान चाहनु हुन्छ ? यसरी अप्लाई गर्नुस ।
रोजगार

जापानले माग्यो नेपाली कामदार, मासिक तलब एक लाख ७४ हजार बढि

फाल्गुन ६, २०७८ ११;४७ बिहान प्रकाशित
युरोपको रोमानिया र साइप्रसमा भारी मात्रामा  रोजगार । थप सेवा सुबिधा हरु यस प्रकार
रोजगार

वैदेशिक रोजगारीका लगि विदेश जाने सोचमा हुनुहुन्छ ? साइप्रसले माग्यो नेपाली पुरुष महिला कामदार ?

माघ २९, २०७८ ०७;४३ बिहान प्रकाशित
आज – १९ आषाढ २०७८ शनिवार को राशिफल
रोजगार

आज २८ माघ २०७८ शुक्रवार को राशिफल, सिंहलाई मित्रबाट सहयोग, धनुलाई सोचेअनुसार हुने

माघ २८, २०७८ ०७;१२ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!