बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in खेलकुद
साउन २९, २०७८ १०;०३ बिहान प्रकाशित
नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो। विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ। यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ।

प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो। बिएसएमसहित यस वर्षदेखि ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी(बिआइटी)को पनि अध्यापन सुरु हुनेछ।

देशमै पहिलोपटक स्नातक तहमा बिएसएमको चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले बताए। उनका अनुसार अधिकांश पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर बनाइएको छ। पाठ्यक्रमममा १० देखि १२ वटा खेलका विषयमा सैद्धान्तिक अध्ययापनसमेत हुने बताइन्छ।

‘नेपालमा अहिलेसम्म स्पोर्ट्समा युवालाई आकर्षण गर्ने कार्यक्रम देशका कुनै पनि विश्वविद्यालयमा नरहेकाले नयाँ सन्देश दिने गरी हामीले सुरुआत गरेका हौँ’, उपकुलपति देवकोटाले भने, ‘अध्यापनको मुख्य उद्देश्य युवालाई खेलकुद व्यवस्थापक, म्यानेजर, प्रशिक्षक, रेफ्रिसहित खेलकुद कार्यक्रम सञ्चालनमा सक्षम बनाउनु सँगसँगै खेलाडी बन्नसमेत सघाउने छ।’

आठ सेमेष्टरमा सञ्चालन हुने कोर्षमा भलिबल, फुटबल, तेक्वान्दो, कराँते, ह्याण्डबल, एथलेटिक्स, जिम्न्याष्टिक, बास्केटबल, आर्चरी, ठेलो, क्रिकेट र स्विमिङलाई समावेश गरिएको छ। यसैगरी खेलकुद मार्केटिङ, खेलकुद अर्थतन्त्र, ‘फन्डिङ इन स्पोर्ट्स’, ‘स्पोर्ट्स टुरिजम’, ‘स्पोर्ट्स इन ग्लोबलाइजेशन’, ‘स्पोर्ट्स इन मिडिया’, ‘स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डष्ट्रिज’, ‘एथलेटिक्स केयर एण्ड रिह्याविलिटेसन’ लगायतका विषय पाठ्यक्रममा राखिएको छ।

स्नातक तहमा खेलकुद विषयको अध्यापनबाट एक सक्षम खेल प्रशासक र खेल व्यवस्थापक बन्नका लागि विद्यार्थीलाई पर्याप्त ज्ञान प्राप्त गर्ने विश्वास लिइएको छ। गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले नेपालको खेलकुद विकासका लागि सो कार्यक्रम कोसेढुङ्गा बन्ने बताउनुहुन्छ।

उनले भने, ‘खेलकुदमा भविष्य खोज्नेका लागि गण्डकी प्रदेशले एउटा सुनौलो ढोका खोलिदिएको छ। खेलकुदको प्रचुर सम्भावना भएको पोखरामा यस विषयको पढाइले खेलकुद व्यवस्थापन र खेलकुदमा दक्ष जनशक्ति उत्पादनमा सघाउने छ।’ स्नातक तहमा चार वर्षे बिएसएम कार्यक्रमको शुल्क रु तीन लाख ३० हजार रहेकामा विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ। पहिलो वर्ष ५० विद्यार्थीका लागि कोटा रहेको र आगामी दशैँपछि कक्षा सञ्चालनको तयारी छ।

स्नातक तहमा चार वर्षे कोर्ष पूरा भएपछि स्नातकोत्तर तहमा पनि खेलकुद विज्ञानका विषयमा अध्यापन गरिने छ। नेपालको संविधानले उच्च शिक्षाको व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिएको छ। यसैगरी माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यूएईलाई हराए नेपाल विश्वकपमा
खेलकुद

यूएईलाई हराए नेपाल विश्वकपमा

फाल्गुन १०, २०७८ ०९;१४ बिहान प्रकाशित
मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित
खेलकुद

मलेसियामा सट्टेबाजीमा डुब्दै छ नेपालीको कमाइ, रुदै नेपाली पिडित

फाल्गुन ६, २०७८ १५;४१ मध्यान्ह प्रकाशित
प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा
खेलकुद

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

पुस २९, २०७८ ०८;१८ बिहान प्रकाशित
कराँतेमा नेपाललाई चार स्वर्ण
खेलकुद

कराँतेमा नेपाललाई चार स्वर्ण

पुस २१, २०७८ ०७;५३ बिहान प्रकाशित
मेस्सीलाई कोरोना सङ्क्रमण
खेलकुद

मेस्सीलाई कोरोना सङ्क्रमण

पुस १८, २०७८ २०;४२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!