काठमाण्डौ – वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा थप एक प्रतिशत ब्याज दिइने भएको छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकले बैंकिङ्ग प्रणालीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफूले कमाएको रकम बैंकिङ्ग प्रणालीमार्फत पठाउन र बचत गर्न प्रोत्साहित गर्नका लागि यस्तो नियम ल्याइएको हो । वैदेशिक रोजगारीमा रहेका कतिपय श्रमिकले हुन्डी लगायतका माध्यममार्फत पनि रकम पठाउने गर्छन् ।
कोरोना महामारीको बीचमा पनि विप्रेषण आप्रवाह सन्तोषजनक रहेको भए पनि र वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेको कारण विप्रेषण आप्रवाहमा जोखिम कायमै रहेकोले शोधनान्तर स्थितिमा दबाब पर्न सक्ने सम्भावना छ उल्लेख गरिएको छ ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-