बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशी मास्क सस्तिँदा स्वदेशीलाई सकस

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
साउन ३१, २०७८ ०८;५५ बिहान प्रकाशित
विदेशी मास्क सस्तिँदा स्वदेशीलाई सकस
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — आयातित मास्कका कारण स्वदेशमा उत्पादित मास्कले बजार पाउन नसकेको उद्योगीहरूले बताएका छन् । यहाँ उत्पादित मास्कको मूल्यभन्दा भित्रिने मास्क सस्तो परेपछि बजार पाउन समस्या भएको उद्योगी सरोज खड्काको भनाइ छ ।

‘नेपाली उद्योगले मास्क उत्पादन गरिरहेका छन्, उनीहरूको सामान बिक्री हुन सकेको छैन,’ उनले भने, ‘हामीले बनाउनेभन्दा आयातित मास्क सस्तो पर्छ ।’ नेपालमा मास्कको कच्चा पदार्थ बन्दैन । कच्चा पदार्थ सबै चीन र भारतबाट ल्याउनुपर्छ । ‘एउटा मास्क बनाउँदा २ रुपैयाँ ५० पैसा पर्छ,’ उनले थपे, ‘तयारी मास्क आउँदा डेढदेखि २ रुपैयाँसम्म मूल्य पर्छ । यसले गर्दा स्वदेशीले उद्योगले बनाएको मास्क ५०–७० पैसा महँगो पर्छ ।’ भन्सारबाट मास्कको कच्चा पदार्थ आयात गर्दा प्रतिकिलो ३/४ डलर पर्छ । तयारी मास्क भने प्रतिकिलो १/२ डलरमै आउने उनले बताए ।

मोरङस्थित हिमगिरी मास्क उद्योगका सञ्चालक महेश जाजूले २०७७ को कात्तिक र मंसिरमा सर्जिकल मास्क भारत पठाएका थिए । त्यति बेला उनले परीक्षणका लागि दुई पटक मास्क भारत पठाएका थिए । उनको उद्योगले बनाएको मास्कको गुणस्तर राम्रो भयो । तर भारतीय बजारमा पाइने मूल्यको तुलनामा महँगो भएपछि थप निर्यात गर्न सकेनन् ।

‘परिक्षणका लागि भनेर ३ लाख थान पठाएँ,’ उनले भने, ‘भारतीय बजारमा पाइनेभन्दा २०/२५ प्रतिशत बढी मूल्य परेपछि फेरि पठाउन सकिनँ ।’ भारतमा कोभिडको दोस्रो लहरले भयावह रूप लिइरहँदा उनको उद्योगमा मास्कको माग भएपछि निर्यात गरेका थिए । ‘मास्कको धेरै माग भएपछि मैले पठाएँ,’ उनले थपे, ‘अहिले अवस्था सामान्य हुँदै गएको छ । पहिले जस्तो माग पनि छैन ।’

कोभिडको लहर सुरु भएसँगै २०७५ चैतबाट करिब २० करोड रुपैयाँ लगानीमा मास्क उत्पादन सुरु गरेका हुन् । उनको उद्योगमा मास्क बनाउने मेसिन ६ वटा छन् । तिनबाट प्रतिदिन १० लाख थान मास्क उत्पादन गर्न सकिन्छ । ‘अहिले पूर्ण क्षमताको २५ प्रतिशत मात्र उत्पादन गरिरहेका छौं,’ उनी भन्छन्, ‘आयात हुने मास्कले गर्दा यहाँ उत्पादन हुने मास्कले बजार पाउन समस्या छ ।’ उद्योगबाट थोक विक्रेतालाई दिँदा प्रतिमास्क २ देखि साढे २ रुपैयाँसम्म मूल्य पर्ने उनले जानकारी दिए । कोभिड सुरु भएसँगै स्वदेशी उद्योगले मास्क उत्पादन थालेका हुन् । सुरुमा चीन र भारतले मास्क निर्यात अघोषित रुपमा बन्द गरेका थिए । तर अवस्था सामान्य बन्दै गएपछि अहिले मास्क भित्रिइरहेको छ ।

साढे २ अर्बको मास्क, ६४ करोडको सेनिटाइजर
आर्थिक वर्ष २०७७/७८ मा ४ करोड २१ लाख ९५ हजार ९ सय ९ थान फेस मास्क निर्यात भएको छ । मास्क विशेषगरी भुटान, फ्रान्स, जर्मनी, भारत, जापान, सिंगापुर, स्विट्जरल्यान्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका र बेलायतमा निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकमा छ । आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ५७ करोड ६५ लाख ५० हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ । यसमा २७ हजार एक सय ७१ किलो र ३५ करोड ९८ लाख २ हजार थान फेस मास्क भित्रिएको हो । मास्क कुनै थान र केजीमा आयात र निर्यात भइरहेको विभागले बताएको छ । यसबाट विभागले २१ करोड एक लाख ३८ हजार रुपैयाँ राजस्व उठाएको छ ।

मास्क विशेषगरी अफगानिस्तान, अस्ट्रेलिया, चीन, भुटान, ब्राजिल, भियतनामलगायत मुलुकबाट आउने गरेका छन् । सोही अवधिमा २८ करोड ६७ लाख ८० हजार रुपैयाँ बराबरको फेस मास्क बनाउने मेसिन १ हजार ८३ वटा भित्रिएका छन् । यी मेसिन चीन, हङकङ, भारत र भियतनामबाट ल्याइएको विभागको तथ्यांकमा छ । यसबाट विभागले १ करोड ४ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ६५ करोड १३ लाख ४९ हजार रुपैयाँ बराबरको २० लाख ९६ हजार ७२ लिटर सेनिटाइजर भित्रिएको छ । सोही अवधिमा ४७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको १० लाख ८८ हजार १ सय २२ लिटर अन्य डिसइन्फेक्टेड आयात भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!