बैदेशिक पोष्ट
२०८२ फाल्गुन २१, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोप लगाएको प्रमाणपत्र लिन झरीमा रुझ्दै सडकमै रात

कोरोनाविरुद्ध खोप लगाएको प्रमाणीकरण गर्न शनिबार राति काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अगाडि सडकमा लाम लागेका युवा । अध्ययन, रोजगारीलगायत कामका लागि विदेश जान खोप लगाएको प्रमाणपत्र चाहिन्छ ।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
साउन ३२, २०७८ ०७;१४ बिहान प्रकाशित
खोप लगाएको प्रमाणपत्र लिन झरीमा रुझ्दै सडकमै रात
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : अलार्मले आइतबार बिहान २ बजे हामीलाई बिउँझायो। उठ्यौं र तयार भयौं। जानुपर्ने स्थान थियो, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल। जहाँ खोप लगाएको प्रमाणपत्र लिन युवाहरू अघिल्लो दिनदेखि नै सडकमा बसी आइतबार बिहान ६ बजेको प्रतीक्षा गरिरहेका थिए। जो विदेश जाने तयारीमा छन्, झरीमा रुझ्दै सडकमै रात गुजारिरहेका थिए।

उनीहरूको समस्या बुभ्mने हाम्रो हुटहुटी झरीले रोक्न सकेन। दुवै जना रेनकोट ओढेर मोटरसाइकल चढी त्यतै लाग्यौंं। त्यहाँ पुग्दा घडीको सुइले २:१५ बजे देखाएको थियो। पानी परिरहेकै थियो। अस्पताल गेट अगाडिको सडकपेटी खचाखच थियो। कोही मोबाइलमा व्यस्त थिए, कोही निदाएका। कोही एकापसमा दु:ख र पीडाका कुरा गरिरहेका थिए। सरकारले खोप प्रमाणीकरणलाई व्यवस्थित नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए।

अस्पतालमा सबैभन्दा पहिले पुगेका थिए, धनबहादुर महर्जन। स्वयम्भूका महर्जन गेटको एक कुनामा बसेर आफ्नो पालो मिचिएला कि भनेर चनाखो देखिन्थे। उनी पहिलो नम्बरमा पर्न शनिबार बिहान १० बजे नै गेटमा गएर बसेका रहेछन्। त्यहीँ नै रात कटाए।

‘कोरोनाले विदेश जान अर्को कागज थप्यो। खोप लगाएर मात्रै भएन, यसको पनि प्रमाणपत्र र क्यूआर कोर्डका लागि लाइन नलागे उपाय छैन’, उनले भने, ‘दैनिक २ सय जनाभन्दा बढीले यो सेवा पाउँदैनन्। २ सय जनाभित्र पर्न अघिल्लै दिन आउनुको विकल्प छैन।’

हामीले आपत्कालीन अवस्थामा १२ घण्टाभित्रै पनि क्यूआर कोर्ड लिने व्यवस्था गरेका छौं। अहिले पहिलेभन्दा भीडभाड धेरै कम हो। – दीपक झा, क्यूआर कोड फोकल पर्सन, स्वास्थ्य सेवा विभाग
जनकपुर फुलगम्माका विवेककुमार राउतले भीड नियन्त्रण गर्न सबैका हातमा नम्बर लेखिदिए। इन्जिनियरिङ पढे पनि रोजगारी नपाएपछि विदेश जान लागेको उनले सुनाए। ‘जग्गा बेचेर पढेँ। रोजगारी पाइनँ’, उनले भने, ‘त्यसैले विदेश जाने प्रक्रिया पूरा गर्न यता आएँ।’

त्यही भीडमा भेटिए रामेछाप सुगाजोर–८ का २५ वर्षीय गोविन्द मगर। उनीसँगै २२ वर्षीय भाइकृष्ण मगर पनि थिए। उनीहरू झरीले निथ्रुक्कै भएका थिए। अनिँदोले बिरामीझैं देखिन्थे। होटल व्यवसाय कोरोना महामारीले धरासायी भएपछि साउदी जान लागेका रहेछन्। गोविन्दले चार दिन लगाएर खोपको प्रमाणपत्र हात पारे। भाइका लागि शनिबार साँझ ७ बजेदेखि पालो कुरिरहेका थिए।

क्यूआर कोड नचाहिने देश तुरुन्तै जान हामीले अस्पतालबाट प्रमाणीकरण गरिरहेका छौं। भीड व्यवस्थापन गर्न हामी प्रयासरत छौं। – नवराज गौतम, सूचना अधिकारी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ‘पहिलो पटक मलेसिया गएको थिएँ। अब देशमै केही गर्नुपर्छ भनेर काठमाडौं जोरपाटीमा १ लाख ७० हजार खर्चेर होटल खोलेँ। तर, के गर्नु कोरोनाले होटल व्यवसाय चौपट बनायो’, गोविन्दले भने, ‘ज्यामी काम गर्न गयौं। ठेकेदार भाग्यो। पेट पाल्न विदेश जान बाध्य हुनुपरेको छ।’

झरीले गर्दा सडकमा पानी जमेको थियो। पोखराको बिरौडाका ३७ वर्षीय महेन्द्र पौडेलसँग भेट हुँदा बिहानको ३:५६ बजे भएको थियो। उनी गाडी चालक रहेछन्। साउदी जाने तयारीमा छन्। ‘खोप खोज्दै हैरान भएँ। ६–७ दिनमा खोप लगाएँ’, उनले भने, ‘खोप लगाएको प्रमाण लिन शनिबार साढे ३ बजेदेखि अस्पतालको गेटमा बसिरहेको छु।’

चितवन रत्ननगरका ४४ वर्षीय विजय कँडेलसँग बिहान ४:०३ बजे भेट भयोे। साउदी जान लागेका उनले शुक्रबार काठमाडौं आएर श्रम स्वीकृति गराए। भने, ‘देश छाड्न कसलाई मन छ ? मलाई बाध्यता आइलगेको छ।’

उनी यसअघि सात वर्ष विदेश बसेका थिए। त्यही बेला वैदेशिक रोजगारीमा नजाने निचोडमा पुगेका थिए। ‘तर, यहाँ केही रोजागरी नै पाइनँ। त्यसमाथि डेढ वर्षदेखि कोरोनाले रुवायो। परिवार पाल्न सकिनँ’, उनले भने, ‘सरकारले देशमै रोजीरोटी दिन सक्दैन भने विदेश जान सहज बनाइदियोस्।’

उज्यालोले अध्याँरोलाई निल्दै गयो। सडकमै सुतेकाहरू उठेर हातमुख धुन थाले। ढाका टोपी लगाएका ५३ वर्षीय देवीप्रसाद पंगेनी अनिँदोले थलिएका देखिन्थे। उनी १६ वर्षदेखि साउदीको एक स्कुलमा काम गर्दै आएका रहेछन्। बिदामा घर फर्किएका उनले भने, ‘म धेरै पटक विदेश गएँ/आएँ। तर, यस्तो दु:ख कहिले भएको थिएन। श्रम कार्यालय गयो खोप खोइ लगाको भनेर सोध्छ। खोप लगायो प्रमाणपत्र लिन सडकको बास बस्नुपर्ने। यस्तो कहीँ छैन।’

हामी बिहान साढे ५ बजे अस्पतालभित्र प्रवेश ग्‍यौं। अध्ययनका लागि विदेश जाने तयारीमा रहेका युवतीहरू भेटिए। युवतीहरूलाई सुरक्षागार्डले अस्पतालको प्रतीक्षालयमा बस्न दिएका थिए। युवक धेरै भएकाले गटेबाहिरै थिए।

स्वयम्भूका महर्जन आइतबार बिहान टोकन लिने पहिलो सेवाग्राही भए। ‘रहरले होइन, बाध्यताले केही वर्ष देश छोड्दै छु’, उनले भने। नवलपरासीको देवचुली—९ प्रगतिनगका ३४ वर्षीय लिलाधर भुसाल भन्दै थिए, ‘सबैको व्यस्था उस्तै हो। के भन्नु ?’ गाउँकै स्वास्थ्य चौकीमा खोप लगाएका उनी त्यसको प्रमाणपत्र लिन शनिबार दिउँसो साढे ४ बजे अस्पतालको गेटमा आएका रहेछन्।
बिहान ६ बजेपछि हाम्रो नजर अस्पतालको गेटमा प्‍यो। त्यहाँ खोप लगाएको प्रमाणपत्र लिन बिहान ६–७ बजेभित्र टोकन लिन सकिन्छ भन्ने सूचना थियो। तर, आइतबार ६:४७ बजे मात्रै टोकन बाँड्न थालिएको थियो। मोटरसाइकल चढेर आएका दुई प्रहरी ६:२७ बजे अस्पतालभित्र प्रवेश गरेपछि मात्रै टोकन बाँड्न थालिएको हो।

अरू दिन २ सय ५० वटा टोकन बाँडिन्थ्यो। आइतबार ३ सयवटा बाँडियो। बिहान ६:५४ बजे नै तोकिएको टोकन सकियो। तर, त्यसपछि रातभर लाम लागेका र बिहान आएका सबैले ७:१५ भित्र टोकन पाइसके। ७:०२ मा पुगेका चितवनका राजेन्द्र परियारको २८४ नम्बरमा पालो आयो। भने, ‘अरूले रातभरि बसेर टोकन लिए। म त भाग्यमानी मान्छे बिहान ६ बजे आएरै पाएँ।’

त्यसपछि कर्मचारीले भने, ‘प्रमाणपत्र लिन साढे ९ बजे आउनुहोला।’ सेवाग्राही सबै खाना खान लागे। छेउछाउका होटल भरिभराउ देखिन्थे। होटलवालालाई भ्याइनभ्याइ थियो। युवाहरू पीडा सुनाउँदै थिए, ‘विदेश जान सबै कागज जोडजाम गर्दै गर्दा ४५ हजार सक्यो। १ लाख २० हजारमा त प्लेन चडेर विदेशै पुगिन्छ। के सारो खर्च भाको ?’

टोकन लिएपछि नाम दर्ता गराउन र प्रमाणपत्र लिन पनि लाम लाग्नुपर्छ। स्वयम्भूका महर्जनलगायतको उपस्थिति हेर्दा करिब २५ मिनेटमा सकिने काममा २५ घण्टाभन्दा बढी समय लागेको देखिन्छ। पहिले राहदानी बनाएपछि मेडिकल, श्रम स्वीकृति, भिसा र हवाई टिकटलगायत प्रक्रिया पु्‍याए पुग्थ्यो। तर, कोरोना महामारीले खोप लगाएको प्रमाणपत्र थपिएको हो।

आइतबार मध्याह्न १२:४० मा नाम दर्ता गराउने लाममा भेटिए बर्दियाको गुलरियाका मानबहादुर थापा। उनी सोमबार मध्याह्न १२:४० बजे साउदी उड्नुपर्नेछ। आइतबारसम्म खोपको प्रमाणपत्र नपाएर अलमलमै थिए।

नाम दर्तामा खटिएका नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकसहित अस्पतालका कर्मचारी १:३५ बजे खाजा खान निस्किए। ५० भन्दा बढी युवा टोकन लिने लाममा थिए। ‘देश रेमिट्यान्सबाट चलेको छ। त्यही रेमिट्यान्स पठाउने युवाले आफ्नै देशमा एउटा कामका लागि दु:ख झेल्नुपरेको छ’, थापाले भने।

अघिल्लो दिनदेखि नै लाम लागेकाहरू आइतबार दिउँसो २:२३ बजेपछि खोपको प्रमाणपत्र लिएर फर्किंदै थिए। खोप लिने फाँटका कर्मचारीले २:२३ बजे झ्याल बन्द गरे। ‘आज क्या चाँडै काम सक्यो हैं !’, कर्मचारीले खुसी व्यक्त गरे।

वैदेशिक रोजगारीमा जान खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ। त्यही भएर टेकु अस्पतालमा युवायुवती लाम लागिरहेका हुन्। कर्मचारी कार्यालय बिदा भएर निस्किँदा अर्को दिनका लागि ढोकामा सेवाग्राही बस्नुपर्ने कस्तो विडम्बना ! जुन समस्या यहाँ पुग्ने युवाले दैनिक भोगिरहेका छन्।

कतिपय देशमा खोप अनिवार्य छैन। तर, त्यत्तिकै जाँदा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्ने नियम छ। यो प्रमाणपत्र नभए कतारमा १४ दिन क्वारेन्टाइन बस्नुपर्छ। त्यसमा २ हजार ५ सयदेखि ३ हजार ६ सय कतारी रियालसम्म खर्च हुन्छ। साउदीमा ७ दिन क्वारेन्टन बस्नुपर्दा ८ सयदेखि १ हजार डलरसम्म खर्च पुग्छ। यो खर्च आफैं व्यहोर्नुपर्छ। उनीहरू त्यो खर्च व्यहोर्नुभन्दा यहाँ एक रातको कष्ट खप्न आँट गर्छन्।

खोप कार्डको विवरण अंग्रेजीमा नभरेको, आधिकारिक छाप नभएको, कतिपय ठाउँमा नेपालीमा नाम लेखेको र खाली छाडेका कारण यसलाई प्रमाणित गर्न अस्पतालबाट प्रमाणपत्र बनाउनुपर्ने नियम छ। यो काम शुक्रराज ट्रपिकल (टेकु), निजामती (सिभिल) अस्पताल (मीनभवन), सशस्त्र प्रहरी अस्पताल (बलम्बु) र पाटन अस्पताल (ललितपुर)ले मात्रै गर्न पाउँछन्।

शुक्रराजबाट मात्रै यो काम गरिँदै आएकोमा त्यहाँ चाप बढेपछि थप अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। टेकुले दैनिक २ सय जनाको प्रमाणपत्र प्रमाणित गर्ने गरेको छ। भिसा तथा नागरिकताको विवरणभन्दा फरक पर्ने, नक्कली खोप कार्ड बनाउन सक्ने भएकाले यो नियम बनाइएको हो।

अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार खोपको प्रमाणीकरण क्यूआर कोडसहित अनलाइनबाटै गर्न सकिन्छ। ‘क्यूआर कोड नचाहिने देश तुरुन्तै जान हामीले अस्पतालबाट प्रमाणीकरण गरिरहेका छौं’, गौतमले भने, ‘भीड व्यवस्थापन गर्न हामी प्रयासरत छौं। सेवाग्राही बस्ने ठाउँहरू बनाएका छौं। तैपनि सेवाग्राहीहरू स्वास्थ्य मापदण्ड पालना गर्न तयार हुनुहुन्न।’ कोरोनाबाट बच्न आफू सजग हुन जरुरी रहेको उनले स्पष्ट पारे। भने, ‘लाम लगाएर कुपन बाँड्ने कुराको हामीले व्यवस्थापन गरेका छौं।’

रेडक्रससँगको समन्वयमा अस्पतालका कर्मचारी खटाएर दिनहुँ ३ सय जनाको खोप प्रमाणीकरण गरिरहेको उनले बताए। ‘यस्तै भीड रह्यो भने दुई सिफ्टमा सेवा दिन्छौं। अत्यावश्यकलाई प्राथमिकता दिएका छौं’, उनले भने।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!