सोमवार शेयर बजारमा सामान्य वृद्धि भएको छ भने कारोबार रकम १५ अर्ब रुपैयाँमा सिमित भएको छ ।
यस दिन नेप्से परिसूचक ५.७२ अंकले बढ्दै ३१६०.०५ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ सूचक ३.५६ अंकले बढ्दै ५९२.९३ विन्दुमा पुगेको छ ।
सोमवार कुल २ सय २७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८ सय ५ कित्ता शेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ८३ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
यस दिन व्यापार, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट उपसमूहको सूचक बढेको छ । यस्तै बैंकिङ, होटल तथा पर्यटन, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा र मुचुअल फण्ड उपसमूहको सूचक घटेको छ ।
सोमवार ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवारमा सकारात्मक सर्किट ब्रेक लागेको हो । यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस दिन नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दा आइसीएफसी फाइनान्स लिमिटेडले सबैभन्दा बढी नोक्सानी ब्यहोरेको छ ।
कारोबार रकमका आधारमा सोमवार सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ७४ करोड ९७ हजार ४ सय ५६ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-