बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दक्षिण कोरिया रोजगारी: जहाज बोलपत्र आह्वानसँगै कोरिया छनोटमा परेकाहरुमा छायाे आशा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २, २०७८ १८;३८ मध्यान्ह प्रकाशित
श्रमिक लैजान कोरिया सकारात्मक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाण्डाै – दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (ईपीएस)मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतिक्षामा रहेका नेपाली श्रमिकमा पुनः एक पटक आशाको सञ्चार भएको छ ।

सरकारले वैदेशिक रोजगारीका लागि कोरिया लैजान हवाई जहाजका लागि बोलपत्र आह्वान गरेसँगै अन्योलपूर्ण अवस्थालाई चिर्नुका साथै राहत महसुस भएको ईपीएस पासर सङ्घर्ष समितिका संयोजक अजय सोडारीले बताउनुभयो ।

विश्वभर फैलिएको कोराेना सङ्क्रमण जोखिमसँगै कोरियामा नेपाली कामदार पठाउने कार्य रोकिँदा १० हजार व्यक्तिको जीवन अन्योलमा पर्दै आएको छ । सरकारले ईपीएसमार्फत कोरिया जाने कामदार लैजान आज जहाजका लागि बोलपत्र आह्वान गरेको छ ।

लामो प्रतीक्षामा रहेका श्रमिकमा केही हदसम्म आशाको किरण पलाएको पीडित आकाश केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि अवलम्बन गरिएको लामो र झण्झटिलो प्रक्रियाले कतिपय श्रमिकको भिसाको म्याद सकिएर जान नमिल्ने हुँदा छोटो र चुस्त प्रक्रिया अवलम्बन गरिनुपर्छ ।”

नेपालीको वैदेशिक रोजगारको आकर्षक गन्तव्य कोरिया जान डेढ वर्षदेखि बन्द गरिएकै कारण सबै प्रक्रिया पूरा गरेका नियमित सात हजार र प्रतिबद्ध तीन हजार कामदार अलपत्र परेका हुन् । कोभिड–१९ सङ्क्रमण जोखिम देखाएर लामो समयसम्म कोरिया जान रोकिएकामा असहमति जनाउँदै इपिएस पासर सङ्घर्ष समितिले सुरक्षित हिसाबले प्रक्रिया खुलाउनु वैज्ञानिक र वस्तुवादी हुने सुझाव दिएको छ ।

परिवारको दुःखलाई सुखमा बदल्ने प्रण र कडा मेहनतकासाथ ठूलो प्रतिस्पर्धाका आधारमा भाषा र सीप परीक्षा उत्तिर्ण मात्र नभइ श्रमिक रोजगारदाताको छनोटमा समेत परिसकेका हुन् । हातमा आउनै लागेको रोजगारी गुम्ने स्थितिप्रति सजग गराउँदै सङ्घर्ष समितिले परिवारमा तनाव सिर्जना भएको भनी संसदीय समितिलाई केही समयअघि ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा भनिएको छ, “कोभिड–१९ ले हाम्रो भौतिक जीवनलाई लक गर्यो, तर हाम्रो समस्या, गरिबी र पीडालाई लक गर्न सकेन । देशमा बेरोजगारी दर बढिरहँदा समग्र अर्थतन्त्रलाई चलायमान गर्न हामी हजारौँ युवालाई यसरी बन्धक बनाएर राख्न उचित होला र माननीय ज्यू ?”

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भाषा परीक्षालगायतका सम्पूर्ण प्रक्रिया सकेर रोजगारदाताबाट छनोट भएकालाई सहज ढङ्गले कोरिया प्रस्थान गराउन भएको पत्राचारअनुसार सिधा हवाई उडान, बीमा, क्वरेण्टीनलगायत स्वास्थ्य मापदण्ड पूरा गराई श्रमिकका हितलाई ध्यानमा राख्दै छिटो प्रस्थान गर्ने व्यवस्था मिलाउन दुई साताअघि सरकारलाई निर्देशन दिएको थियो ।

सभापति रामनारायण बिडारीले कोरियाले नेपाल सरकारसगँ सम्झौता गरी दश हजार कामदार लैजाने सहमतिअनुरुप भाषा परीक्षा र तालिम पूरा गरी छनोट भएका कामदार लैजानुपर्नेमा कोरोनाको कारण देखिएर एकपक्षीय ढङ्गले अनौपचारिकरुपमा रोकेको र अरु सरोकारवाला निकायले पनि आवश्यक पहल नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

समितिले कोरिया जानबाट रोकिएका श्रमिकलाई त्यसतर्फ प्रस्थानका लागि सहज पार्न आवश्यक कार्यविधि १५ दिनभित्र तयार गरी प्रस्तुत गर्न समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । छनोटका लागि सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका पीडितले दैनिकजसो माइतीघर मण्डलामा जम्मा भई निरन्तर प्रदर्शनी गर्दै आएका थिए । सहजरुपमा कामदार पठाउन कोरियासँग यथाशीघ्र पहलका लागि आग्रह गर्दै सङ्घर्ष समितिले पीडितले कोरोनाकै बीचमा कम्बोडिया, भियतनाम, थाइल्याण्ड र पूर्वी टिमोरबाट नियमित र प्रतिबद्ध कामदार लगिरहेकोबारे जानकारी गराउँदै आएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कोरियन पक्षले राखेको शर्त र सरोकारवालाबाट आएको प्रतिबद्धता अनुरुप हवाई जहाजको बोलपत्र आह्वान भएको बताउनुभयो । कोरियनले सिधा उडान हुनुपर्ने, हवाई जहाज र क्वारेन्टाइनको खर्च कामदारले नै व्यहोर्नुपर्ने शर्त राखेको थियो । बोलपत्र आह्वान भए पनि कति कामदार लैजाने भन्ने विषयमा अझै यकिन भने भइसकेको छैन । कोरिया जाने कामदारका लागि औषत सात सय सात अमेरिकी डलर जहाज भाडा लागत अनुमान गरेर बोलपत्र आह्वान भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!