बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विदेशबाट फर्केका युवा बङ्गुरपालन व्यवसायमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ ३, २०७८ १६;२७ मध्यान्ह प्रकाशित
विदेशबाट फर्केका युवा बङ्गुरपालन व्यवसायमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कञ्चनपुर । विदेशबाट फर्केका शुक्लाफाँटा नगरपालिका–३ का युवा बङ्गुरपालन व्यवसायमा संलग्न हुन थालेका छन् । बङ्गुरबाट गतिलो आम्दानी हुने भएकाले उनीहरूले फार्म नै दर्ता गरेर पाँच लाखदेखि १० लाख रूपैयाँसम्म लगानी गरेर यो व्यवसाय गरेका हुन् ।

विगतमा काठको खोरमै हिलो बताएर बङ्गुर पालन गरिँदै आएकामा उनीहरूले आधुनिक तरिकाको खोर निर्माण गरी फोहर सजिलै सफा गर्न सकिने गरी काम गर्दै आएका छन् । वडा नं ३ मा मात्रै व्यावसायिकरूपमा फार्म दर्ता गरी बङ्गुर पाल्ने युवाको सङ्ख्या आधा दर्जनभन्दा बढी छ ।

रु १० लाखको लगानीमा व्यवसाय सञ्चालन गरेका दीपक चौधरीका फार्ममा २० उन्नत जातका बङ्गुर छन् । दुबई र कतारमाचार वर्ष बसेर फर्किएका उनले स्वदेशमै स्वरोजगार हुन यो व्यवसाय अपनाएको बताए । “बङ्गुरपालनबाट चाहेजस्तै आम्दानी लिन सकिने भएकाले यसलाई व्यावसायिक बनाएका छौँ”, चौधरीले भने, “सुरुआतमा थोरै बङ्गुरका पाठा खरिद गरी फार्ममा ल्याएर पाल्न थालिएकामा भविष्यमा यसलाई अझ विस्तार गर्ने योजना छ ।”

“विदेशमा छँदा १२ देखि १८ घण्टासम्म काम गर्नुपर्दथ्यो तर यहाँ दैनिक चार घण्टा समय दिन सके पनि यस व्यवसायबाट गतिलो आम्दानी लिन सकिन्छ”, उनले भने, “घरमै बसीबसी व्यवसाय गर्दा वैदेशिक रोजगारीबाट आउनेभन्दा बढी कमाउन सकिन्छ । परिवारका अन्य सदस्यले पनि सहयोग गर्ने भएकाले बढी श्रम गर्नुपर्ने अवस्था पनि छैन ।”

कतार गएर फर्किनुभएका गोपाल चौधरीले पनि यही व्यवसाय अपनाउँदै आउनुभएको छएका छन् । छ महिना अघिदेखि बङ्गुरपालन गर्दै आएका उनले अहिलेसम्म बङ्गुर बिक्रीबाट रु दुई लाख आम्दानी गरिसकेका छन् । “बङ्गुरका लागि चारो र अन्य व्यवस्थापनमा वर्षमा रु २५ हजार जति खर्च लाग्ने गरेको छ”, उनले भने, “थोरै खर्चमा धेरै आम्दानी लिन सकिने भएकाले यही व्यवसाय रोजेको हूँ ।”

वैदेशिक रोजगारमा छँदा महिनाको रू ३० हजार जति तलब पाइन्थ्यो, थोरै तलब त खाना र कपडामा खर्च गरी मुस्किलले रू १५ हजार जति बचाउन सकिने चौधरीले बताए। “बचेको थोरै रकम मात्रै घर पठाउने गरेको थिएँ, त्यसले घर खर्च चलाउन मुस्किल थियो”, उनले भने, “यहाँ फर्केपछि गाउँकै समूहबाट केही रकम कर्जा लिई घरमै बङ्गुरपालन व्यवसाय अपनाइएकाले आर्थिकरूपमा सक्षम हुँदै जान थालेको छु ।”

यो व्यवसाय गरेका धेरै व्यक्तिका अनुभव सुनेर र बङ्गुर फार्म अवलोकन गरेपछि व्यावसायिक बनाइएको उनको भनाइ थियो। थोरै परिश्रममा राम्रै आम्दानी हुने भएकाले धेरैको बङ्गुरपालन नै रोजाइमा पर्न थालेको छ । यस व्यवसायमा संलग्न देवीलाल चौधरी बङ्गुरपालनबाट घर खर्च सहजरूपमा चल्न थालेको बताउँछन् ।

कतारमा दुई वर्ष काम गरेर बचत गरेको रकम बङ्गुरपालनमै उनले लगानी गरेका छन् । बङ्गुरका पाठा मात्रै रु दुई हजारदेखि रू तीन हजारमा बिक्री हुने गरेको छ । व्यापारीले फार्ममै आएर बङ्गुर लैजाने भएकाले बजार खोज्नुपर्ने झन्झटसमेत नभएको देवीलाले बताए।

“विदेशमा जस्तो अरुले अह्राएको काम गर्नुपरेको छैन”, उनले भने, “आफैँ मालिक आफँै नोकर भएर आफ्नै फार्ममा काम गर्नुपर्दा आनन्द लाग्छ ।” चितवन र बर्दियालगायत क्षेत्रबाट उन्नत जातका पाठा ल्याएर ती युवाले बङ्गुरपालन गरेका हुन् । धानको ढुटो, कनिका, मकैको ढुटो, फिसमील तथा वोनमिल भिटामिन र हरियो घाँस चारोका रूपमा बङ्गुरलाई खुवाइन्छ ।

यहाँका फार्ममा स्थानीय जातदेखि उन्नत जातका बामपुडके, हुर्रायो, पाख्रीबास, कालो च्वाचे, ल्याडोरेस, योर्कसायर, ह्याम्पसायर, डयुरोकलगायत बङ्गुर छन् । एकपटकमा बङ्गुरले १० देखि १२ सम्म पाठापाठीलाई जन्म दिने गरेको छ । पाठापाठीलाई चार महिनासम्म हुर्काएपछि बेच्नका लागि तयार हुन्छ ।फार्ममा चाहिनेजति राखेर बाँकी बिक्री गरिन्छ ।

केही युवाले पोखरी निर्माण बङ्गुरसँगै माछापालनलाई समेत निरन्तरता दिएका छन् । बङ्गुरको फार्म सफा गरेको पानी पोखरीमा हाल्ने व्यवस्था गरिएकाले माछाका लागि चाहिने चारोे त्यसबाटै हुने गरेको अर्का व्यवसायी गेदुराम चौधरीले बताए । बङ्गुरको मासु अरुको तुलनामा सस्तो भएकाले बजारमा यसको माग अधिक छ । व्यवसायी युवाले अहिलेसम्म सरकारी निकायबाट अनुदान भने पाएका छैनन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!