बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरिया रोजगारीको बाटो खुल्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ३, २०७८ १६;४६ मध्यान्ह प्रकाशित
श्रमिक लैजान कोरिया सकारात्मक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, भदौ ३ गते । रोजगार अनुुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ । यससँगै रोजगारीमा जानेको बाटो खुलेको हो ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७८/७९ वा कोरोना महामारीका कारण दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)को सीधा उडानमार्फत पठाउनुपर्ने सर्तमध्ये जुन पहिला आउँछ, सो अवधिसम्मका लागि हवाई टिकट खरिद गर्न टेन्डर आह्वान गरेको जनाएको छ । विभागका अनुसार इजाजतप्राप्त संस्थाहरूलाई ३१ दिनभित्र विद्युतीय बोलपत्र पेस गर्न आग्रह गरिएको छ ।

यसअघि पनि दक्षिण कोरिया श्रमिक पठाउने टेन्डर आह्वान हुन्थ्यो तर सीधै दक्षिण कोरिया पठाउनुपर्ने सर्त नभएको भन्दै विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले यस पटक कोरोना जोखिमका कारण कोरियाले सीधै सिओल पुग्नुपर्ने सर्त राखेपछि कार्यविधि संशोधन गरी त्यसअनुसार टेन्डर आह्वान गरिएको जानकारी दिनुुभयो ।

सीधै नेपालबाट दक्षिण कोरियासम्म कोरियन एयरलाइन्सले मात्रै सीधा उडान गर्दै आएको छ । यसअघि दक्षिण कोरिया जाने श्रमिक जुन उडानबाट सस्तो हुन्थ्यो, त्यसैबाट ट्रान्जिट हुँदै जाने गर्थे ।
नयाँ टेन्डरअनुसार लाग्ने हवाई भाडा पनि श्रमिकले नै तिर्नेछन् । बढी भाडा तिरेर पनि श्रमिक कोरिया जान तयार भएपछि सरकारले कार्यविधि संशोधन गरी बाटो खुलाएको हो ।

कोरियाले राखेका अरू दुई सर्त पालना गर्न भने श्रमिक यसअघि नै तयार भइसकेका छन् । श्रमिकले त्यहाँ आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्ने र कोरोना बीमा गर्नुपर्ने सर्त पनि दक्षिण कोरियाले राखेको छ तर मुख्य समस्या उडान देखिएपछि कार्यविधि संशोधन गर्नुपरेको विभागले जनाएको छ । बोलपत्र आह्वान भए पनि कति श्रमिक लैजाने भन्ने विषयमा अझै यकिन भने भइसकेको छैन । कोरिया जाने श्रमिकका लागि औसत ७०७ अमेरिकी डलर (८४ हजार १३३ रुपियाँ) जहाज भाडा लागत अनुमान गरेर बोलपत्र आह्वान भएको छ ।

कोरोना सङ्क्रमण सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि श्रमिक दक्षिण कोरिया पठाउन बन्द भएको थियो । लेबर परमिट र कन्फर्मेसन लेटर आएका र पुनः जान लागेका गरी १० हजार बढी श्रमिक रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कन्फर्मेसन लेटर आएको छ महिनाभित्र कोरिया पुगिसक्नुपर्ने प्रावधान भएका यसबीच म्याद सकिएकाको एक वर्ष म्याद थप भएको जानकारी गराएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!