कुवेतले नेपालसहित ५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध हटाएकोे छ । कुवेतले नेपालसहित इजिप्ट र दक्षिण एशियाली मुलुकहरुबाट सिधा उडान भर्ने निर्णय गर्दै यसअघिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । प्रतिबन्ध हटाउने निर्णय भएपनि उडान शुरु हुने मिति भने ताकिएको छैन ।
कुवेतले गत साउन २१ गतेदेखि नेपाल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको भन्दै नेपालीलाई आफ्नो मुलुक प्रवेशमा अनिश्चितकालका लागि रोक लगाएको थियो ।
कुवेतले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाकालाई उच्च जोखिमको सूचीमा राख्दै चिकित्सक, कूटनीतिज्ञ तथा कोभिड समितिले अनुमतिपत्र प्रदान गरेका व्यक्ति बाहेकलाई प्रवेश अनुमति रोकेको थियो । कुवतेमा रहेका आप्रवासीमध्ये दक्षिण एशियाका बढी रहेको भन्दै उनीहरुलाई लामो समयसम्म रोक्न नसकिने बताइएको छ ।
कुवेत सरकारको निर्णयले नेपालबाट वैदेशिक रोजगारीका लागि कुवेत जाने र रोजगारीबाट फर्किने कामदारहरुलाई सहज हुने आंकलन गरिएको छ । कुवेतले सिनोफार्म, सिनोभाक एण्ड स्पुत्नीक, फाइजर बायोनटेक, अक्सफोर्ड एक्ष्ट्राजेनेका, मेडेर्ना र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएको छ ।
नेपालबाट जाने कामदार वा यात्रुले उल्लेखितमध्ये कुनै एक खोपको मात्रा पूरा गरेको हुनुपर्ने शर्त तोकिएको छ । कुवतेमा विगत ५ दिनको अवधिमा कोरोना भाइरसका बिरामी ४ सय भन्दा तल देखिएका छन् ।
यता ५० प्रतिशतभन्दा बढी पाका उमेरका व्यक्तिहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको मलेसियाले आवागमन नियन्त्रण आदेशका बाबजुद केही क्षेत्र खुला गर्न लागेको बताएको छ ।
मलेसियाको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा नुर हिसामले मलेसियामा कोरोना संक्रमण कम भएका कारण नभई आर्थिक गतिविधि बढाउनु परेको बाध्यताले केही क्षेत्र खुला गर्न लागिएको भन्दै कोरोनाविरुद्ध उच्च सतर्कता यथावत राख्न सर्वसाधारणलाई आग्रह गरेका छन् । मध्यान्ह दैनिकले छापेको छ
प्रतिक्रिया लेख्नुहोस्:-