बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सडकदेखि सदनसम्म उठेको कोरिया रोजगारीकाे विषय के हुँदैछ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ४, २०७८ १५;२६ मध्यान्ह प्रकाशित
श्रमिक लैजान कोरिया सकारात्मक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । केही समय अघि कोरियन भाषा परीक्षा उत्तीर्ण गरी सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका युवाले सामाजिक सञ्जाल ट्विटरबाट दबाबमूलक अभियान चलाइरहेका थिए। सो समयमा कोरिया जाने प्रक्रिया तत्काल सुचारु गर्न माग गर्दै सुरूआत गरिएको ह्यासट्याग ‘जस्टिस फर ईपीएस पासर’ ट्विटरको ट्रेण्डिङ्ग नम्बर एकमा पुगेको थियो।

पीडित युवाहरूले प्रधानमन्त्री र पराष्ट्रमन्त्रीलाई मेन्सन गरी ट्विट गरेका थिए। साथै, उनीहरूले तत्कालिन प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै कूटनीतिक पहल गरी रोकिएका कामदारहरूको माग पूरा गर्न आग्रह गरेका थिए। र, नेपालले पनि आफ्ना कामदारलाई कोरिया पठाउनको लागि विभिन्न समयमा पहल गरिरहेको जनाउँदै आएको छ।

गत असार अन्तिमतिर कोरियाले नेपाली कामदार लैजान सिधा उडान हुनुपर्ने, कामदारले कोभिड बीमा र क्वारेन्टिन खर्च आफैले व्यहोर्नुपर्ने शर्त नेपाल सरकारसमक्ष राखेको थियो। सोही विषयलाई लिएर ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले पछिल्लो समय नेपाली कामदार लैजानका लागि कोरिया केही सकरात्मक भएको बताएका थिए।

उनका अनुसार नेपाली कामदार लैजान कोरियाले केही शर्तहरू राखेको र कोभिडको जोखिम रहेकाले पनि ट्रान्जिट गर्न नपाइने शर्त अगाडि सारेको बताएका थिए।

उनका अनुसार कोरियाको स्वास्थ्य विभागले अझै पनि नेपाललाई ‘येल्लो जोन’ मा राखेकाले सहजै कामदार जान पाउने अवस्था छैन । कोभिडको ‘ग्रिन जोन’मा नेपाल समावेश भएपछि मात्र कामदार नियमित रूपमा कोरिया जान पाउन उनले बताए।

कोरोना संक्रमण सुरु भएपछि नियमित र छुट्टीमा आएर पुनः फर्कन चाहने कामदार पनि कोरिया जान पाएका छैनन्। नेपालमा कोभिड संक्रमणदर बढेपछि कोरियन भाषा परीक्षा उत्तीर्ण गरी बसेका कामदार पनि पालो पर्खँदै छन्। छुट्टीमा आएका र भाषा परीक्षा रोष्टरमा नाम निस्केर पनि जान नपाएका श्रमिकहरूले विभिन्न सरकारी निकायमा ज्ञापन पत्र बुझाउने, विभिन्न अभियान चलाउने तथा प्रदर्शन गर्ने समेत गर्दै आएका छन्।

पहिलो चरणमा कोरिया जानेमा छुट्टीमा आएर पुनः काममा जान खोज्नेहरूले अवसर पाउने गौतमले बताएका छन् । उनका अनुसार विभिन्न समयमा छुट्टीमा आएर नेपालमा बसेका करिब तीन हजार कामदार रहेका छन् ।

त्यस्तै, नियिमत कामदारसहित कूल आठ हजार कामदार कोरिया जाने पर्खाइमा छन्। रोष्टरमा रहेका चार हजार कामदारको कम्पनी पत्र (सम्झौता पत्र) आउन बाँकी रहेको छ भने रोष्टरमा रहेका कामदारको संख्या थपघट भइरहने उनको भनाइ छ।

परीक्षा उत्तीर्ण गरेकालाई रोष्टरमा राखिन्छ। कोभिडको समयमा रोष्टरमा रहेकाहरूको म्याद गुज्रिएका हकमा म्याद थप हुने गौतमले बताए। उनका अनुसार रोष्टरमा परेका कामदारको एक वर्षसम्म समयावधि थपिन्छ। कोरिया प्रवेशका लागि भाषा तथा सीप परीक्षा पास गरेर रोस्टरको प्रक्रियासम्म पुग्नुपर्छ।

कोभिड कारण रोकिएको भाषा परीक्षा अब भने मोडल परिवर्तन गर्ने विषयमा छलफल भइरहेकाले भाषा परीक्षा अनलाइन हुने निर्देशक गौतमले जनाए। यसअघि भाषा परीक्षाका लागि सीभीटी र पीबीटी परीक्षा हुन्थ्यो।

कोरिया गएर आएकालाई लिने परीक्षालाई सीभीटी परीक्षा भनिन्थ्यो। रेगुलर परीक्षार्थीलाई लिने परीक्षालाई पीबीटी भनिन्छ । अब भने दुवै परीक्षार्थीलाई कम्प्युटर विधिबाट सीभीटी परीक्षा लिन सकिने उनले बताए।

वैदेशिक रोजगारीका लागि कोरिया जान नपाएका श्रमिकको विषयले केही दिन अघि संघीय संसदमा समेत प्रवेश पाएको थियो । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको श्वेतपत्रमाथि प्रश्न गर्दै कोरिया भाषा पास गरेका युवाहरूको विषयमा भइरहेको प्रगतिको विषयमा जानकारी माग गरिएको थियो।

‘नेपालमा रोजगार सिर्जना नभएको अवस्थामा कोरिया जान भाषा पास गरेका युवाका विषयमा सरकारले के सोचिरहेको छ?’, भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले यस विषयमा अर्थमन्त्रीको जवाफ मागेका थिए। उता अर्थमन्त्री शर्माले सरकारले कोरियासँग सम्वाद र छलफल गरिरहेको बताएका थिए।

सन् २०१७, ०१८ र ०१९ मा कोरियन भाषा पास गरेकाहरू कोरिया जाने लिस्टमा रहेको बताइएको छ। कोरोनाका कारण २०२० मा कोरियन भाषा परीक्षा हुन सकेको थिएन।

लिस्टमा रहेका कामदारहरूको नाम नआएको अवस्थामा उनीहरू पुनः रोस्टरमा जाने र फेरि लिस्टमा आउन सक्ने भएकाले पहिले पास गरेकाहरू पनि कोरिया जाने लिस्टमा रहेको प्रमुख गौतमले जनाए । २०२१ मा हुने परीक्षाका विषयमा भने अहिलेसम्म कुनै जानकारी आउन नसकेको उनको भनाइ छ।

हालसम्म कोरियाको रोजगारी अन्योलमै रहेपनि पूर्वतयारीका लागि सरकारले पछिल्लो समय कोरिया जाने श्रमिकलाई पठाउन एयरलाइन्सको छनोट प्रक्रिया थालेको छ। महामारीका बीच श्रमिक आपूर्तिको प्रक्रिया सुरु भएमा सिधा उडानमा सस्तो दरमा श्रमिकलाई कोरिया पुर्याएर फर्किन सक्ने एयरलाइन्स कम्पनी छनोट गर्न प्रस्ताव आह्वान गरिएको वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले जनाएको छ।

विभागले यसअघि कोभिड बिमाका कम्पनीहरु छनोट गरिसकेको छ । कोरिया जाने श्रमिकको ५ हजार डलरसम्मको कोभिड बिमा गर्नका लागि शाखाले अजोड, प्रिमियर, शिखर, एनएलजी, प्रभु र आईएमई इन्स्योरेन्स कम्पनीलाई छनोट गरिसकेको छ।

अब एयरलाइन्स पनि छानेर राख्ने र कोरियाले आवश्यक अनुमति दिनासाथ भाषा परीक्षा पास गरेर भिसा प्रक्रिया पूरा गरेका श्रमिकहरुलाई पठाउन सुरु गर्नेछ । तर, कहिलेबाट कोरियाले नेपाली श्रमिक पुनः लैजान सुरु गर्छ भन्ने टुंगो भने लागेको छैन।

करिब १० हजारको संख्यामा नेपाली कामदार भाषा परीक्षा पास गरेर पनि कोरिया जान पाएका छैनन्। कोरोना महामारी सुरुभएदेखि नेपालीहरूको कोरिया रोजगारी अवरुद्ध बनेको छ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार उनीहरूलाई कोरिया पठाउने व्यवस्था मिलाउनका लागि राष्ट्रियसभाअन्तर्गतको सरकारी आश्वासन समितिले समेत सरकारलाई निर्देशन दिइसकेको छ । साथै, भाषा परीक्षा पास गरेर बसेका कामदारको समय भने थप हुँदै गएको दवाडीले बताए।

हालसम्म कोरियाले कृषि र उद्योगको क्षेत्रमा मात्र नेपाली कामदार लाने गरेको छ। विभागका अनुसार हाल कोरियामा ३० हजार बढी नेपाली कामदार छन्। अहिले नेपाल मात्रै नभएर कोरियाले कामदार आपूर्ति गर्ने १६ वटै राष्ट्रबाट कामदार नलिएको अवस्था छ। यो समाचार डिसी नेपालमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!