काठमाडौं : सुपरमाई हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा शनिबार (भदौ ५ गते) बस्दै छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ११.५०% नगद लाभांश वितरण गर्ने एजेन्डा पेश गर्दैछ । यस्तै, आइपीओ निष्कासन गर्ने एजेन्डामा पनि छलफल हुनेछ ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । अन्य यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीले हाल इलाममा ७.६ मेगावाटको सुपर माई हाइड्रोपावर योजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-