बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ऋण लिनका लागि कुन बैंकको ब्याज सस्तो?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ ४, २०७८ १७;४९ मध्यान्ह प्रकाशित
ऋण लिनका लागि कुन बैंकको ब्याज सस्तो?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बैंकमा ऋण लिन जाँदै हुनुहुन्छ भने सबैभन्दा पहिले बैंकको आधार दरबारे बुझ्नु जरुरी छ। किनकि तपाईंले बैंकलाई तिर्नुपर्ने ब्याज त्यहीं आधार दरमा निर्भर रहन्छ। सामान्यतः बैंकको आधार दर कम हुने बैंकबाट ऋण लिँदा सस्तो हुन्छ।

यतिबेला बैंकको आधार दर एकदमै न्यून विन्दुमा झरेको अवस्था छ। ०७८ असार मसान्तसम्म २७ वाणिज्य बैंकको औसत आधार दर ६. ८९ प्रतिशत छ। गत वर्षको सोही अवधिमा ८.५ प्रतिशत थियो। एक वर्षको अवधिमै १.६ प्रतिशतले आधार दर घटेको छ।

समग्रमा आधार दर घट्नुले ऋणको ब्याज पनि घटेको हुन्छ। यद्यपि आधार दरले मात्रै ऋणको ब्याजदर निर्धारण हुने भने होइन। आधार दरमा जोडिने प्रिमियम दर पनि उत्तिकै महत्वपूर्ण हुन्छ। बैंकले ऋणको प्रकृति हेरिकन आधार दरमा निश्चित प्रिमियम थपेर ऋणीले तिर्नुपर्ने ब्याजदर तय गरिदिन्छन्।

यस्तो प्रिमियम दर कति तोक्ने भन्ने सम्वन्धमा निर्णय गर्न बैंकहरु आफै स्वतन्त्र छन्। राष्ट्र बैंकले कृषि, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा जाने सीमित क्षेत्रमा भने अधिकतम २ प्रतिशतसम्म प्रिमियम दर थपेर ब्याजर निर्धारण गर्न पाउने व्यवस्था गरेको छ। यसको अर्थ आधार दर ६ प्रतिशत भएको बैंकले त्यस्ता कर्जाको ब्याज ८ प्रतिशतभन्दा बढी लिन पाउँदैनन्।

बैंकको ग्राहकसँगको सम्वन्ध, ग्राहकले राखेको धितोको प्रकार र मूल्य, व्यवसायको प्रकृतिजस्ता पक्ष हेरेर बैंकहरुले प्रिमियम दर निर्धारण गरिदिन्छन्। तसर्थ ऋणको ब्याज निर्धारणका लागि प्रिमियम दर पनि महत्वपूर्ण हुन्छ।

मानौं ए बैंकको आधार दर ७.५ र बी बैंकको ८ प्रतिशत छ, ऋणीलाई ए बैंकले प्रिमियम दर ३ र बीले २ प्रतिशत मात्रै तय गरिदिएमा बीको आधार दर बढी भए पनि ऋणीलाई ब्याजदर सस्तो पर्न जान्छ। तर कतिपय ऋणमा बैंकहरुले आधार दरमा ७ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर तोकिदिने गरेका छन्।

अधिकतम प्रिमियम दर राष्ट्र बैंकले नै तोकिदिनुपर्ने उद्योगी व्यवसायीले माग गर्दै आए पनि यो व्यवस्था अहिलेसम्म हुन सकेको छैन।
हाल सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ५.४ प्रतिशत छ भने कुमारीको सबैभन्दा धेरै ७.९ प्रतिशत छ। यसर्थ ऋणीका लागि राष्ट्रिय वाणिज्य बैंकको ब्याज सामान्तः सबैभन्दा न्यून पर्न जान्छ।

बेलाबेलामा बैंकहरुले घरजग्गा तथा सवारीसाधन खरिद, साना तथा मझौला उद्योग व्यवसाय संचालनका लागि सस्तो ब्याजदरमा ऋण दिने अफर पनि ल्याएका हुन्छन्।

सुरुमा ब्याज सस्तो गरे पनि केही महिनामै बढाउने गरेको गुनासो ऋणीहरुले गर्ने गरेका छन्। यहीं गुनासोलाई राष्ट्र बैंकले सम्बोधन गरेसँगै बैंकहरुले कहिल्यै नबढ्नेगरी यस्तो कर्जा दिन थालेका छन्। घर वा गाडी किन्नेजस्तो व्यक्तिगत आवधिक प्रकृतिको कर्जामा यो व्यवस्था पहिलेदेखि नै लागू हुँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!