काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले २१ वर्षदेखि खेल्दै आएको क्लव बार्सिलोना छाडेर पेरिस सन्ट जर्मेनमा गएका छन् । पत्रकार सम्मेलनमा आफू बार्सिलोनाबाट अलग्गिएको घोषणा गर्दै गर्दा मेस्सी निकै भावुक भएर रोएका थिए । मेस्सीले त्यतिबेला आँसु पुछ्न प्रयोग गरेको टिस्यु पेपर डस्टबिनमा फालेका थिए । तर, कसैले ती टिस्पु पेपर जम्मा गर्यो र अब ती टिस्युको लिलामी गरिँदैछ ।
मेइकेडुओ नामको वेबसाइटमा यसको लिलामी गरिँदैछ । यसको प्रारम्भिक मूल्य १ मिलियन डलर राखिएको छ । नेपाली रुपैयाँमा यो रकम झण्डै १२ करोड हुन्छ । रिपोर्टअनुसार मेस्सीले प्रयोग गरिसकेपछि टिस्यु पेपर डस्टबिनमा फालेका थिए तर कसैले त्यसलाई डस्टबिनबाट निकाल्यो । यी व्यक्तिले त्यसपछि कैयौं वेबसाइटमा टिस्यु बेच्नको लागि विज्ञापन राखेका थिए र निकै ठूलो मूल्य राखेका थिए ।
पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा मेस्सी रुन थालेपछि उनकी पत्नी एन्टोनेला राकुजोले उनलाई टिस्यु पेपर दिएकी थिइन् । यस क्रममा सम्भवतः उनीहरुले सोचेका पनि थिएनन् होला कि त्यो टिस्यु पेपर यति महंगोमा बिक्री हुनेछ । स्पोर्टबाइबलका अनुसार विज्ञापन अहिले पनि अन्तर्राष्ट्रिय लिलामी वेबसाइटमा लाइभ छ र अहिलेसम्म यसलाई बेचिएको छैन । विज्ञापनमा यो टिस्युमा मेस्सीको जेनेटिक सामग्री भएको भन्दै यसलाई किन्नेले मेस्सीको जीन पाउने जसबाट मेस्सीजस्ता महान फुटबलरको क्लोन बनाउन सकिने दावी गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-