बैदेशिक पोष्ट
२०८२ माघ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

९५ अर्बको शेयर कारोबार, लविद्युत् कम्पनीमा आकर्षण

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ ५, २०७८ २१;४६ मध्यान्ह प्रकाशित
नेप्से १९ अङ्कले बढ्यो, ६ अर्ब ७० करोड रुपैयाँको कारोबार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, भदौ ५ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो ।

कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि विद्युत् नियमन आयोगसमेत बोल्नुपर्ने अवस्थामा पुग्यो । प्रतिफलसमेत असाध्यै कम दिन सक्ने भनेर प्रक्षेपण गरिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो ।

सङ्घीय संसद्को अर्थ समितिमा नेपाल धितोपत्र बार्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुले गैरकानूनी रुपमा खरिद गरिएको भनिएको एक कम्पनीको शेयरका बारेमा राम्रै बहस भयो । यद्यपि शेयर बजारमा भने केही कीर्तिमानसमेत कायम भयो । नेप्सेले तीन हजार दुई सयको विन्दु पछ्यायो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको सामान्य प्रभावमा बजारमा देखियो । बैंकले शेयर खरिदमा प्राप्त गर्दै आएको मार्जिन लेन्डिङको सीमामा कडाइ गरेको छ । यस्तै सिडी रेसियोमा पनि नयाँ व्यवस्था गरेको छ ।

कारोबारको अन्तिम दिन नेप्से दोहोरो अङ्कले घट्यो भने अन्य दिन सामान्य रुपमा मात्रै वृद्धि भए । कारोबार रकम औसतमा रु १८ अर्बको हाराहारीमा रहन पुग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता कूल दुई सय २९ कम्पनीको १५ करोड ७१ लाख २६ हजार चार सय ८४ कित्ता शेयर रु ९५ अर्ब नौ करोड ५८ लाख १३ हजार पाँच सय ९२ मूल्यमा खरिद–बिक्री भए ।

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम ग¥यो । त्यस दिन नेप्से २४।५७ अङ्कले घटेर तीन हजार १५४।३३ मा पुग्यो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।९० विन्दुले घटेर ५८९।२८ मा पुग्यो । कूल दुई सय २२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयर रु २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो ।

कारोबारका आधारमा त्यस दिन नेपाल बैंक शीर्ष स्थानमा रही रु एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार आठ सय १५ बराबरको कारोबार भयो । आइतबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । त्यसमा खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्सुरेन्स कम्पनी थिए ।

साताको दोस्रो दिन सोमबार नेप्सेमा झिनो सुधार भयो भने कारोबार रकम रु १५ अर्ब ९३ करोडमा सीमित भयो । त्यस दिन नेप्से परिसूचक झिनो अङ्कले उकालो लाग्यो । आइतबारको तुलनामा नेप्से सम्हालिएर ५।७२ विन्दुले वृद्धि हुँदा तीन हजार १६०।०५ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।५६ विन्दुले बढेर ५९२।९३ मा पुग्यो । कूल दुई सय २७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता शेयर रु १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार नौ सय ३८ मूल्यमा खरिद–बिक्री भए ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुग्यो । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लाग्यो भने सात उपसमूहको शेयर उकालो लाग्यो । त्यस दिन कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रही रु ७४ करोड ९७ हजार चार सय ५६ बराबरको कारोबार ग¥यो । सोमबार पनि विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास थिए ।

साताको तेस्रो दिन मङ्गलबार विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । नेप्से ०।२३ विन्दुले बढेर तीन हजार १६०।३१ मा पुग्यो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।३५ विन्दुले बढेर ५९३।२८ मा पुग्यो । कूल दुई सय २१ कम्पनीको तीन करोड छ लाख १३ हजार चार सय ३९ कित्ता शेयर रु १८ अर्ब २० करोड ४९ लाख ३९ हजार दुई सय ३७ मूल्यमा खरिद–बिक्री भए ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ४३ करोड ७० लाख ९० हजार बराबर पुग्यो । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओरालो लाग्यो । कारोबारका अपी पावर कम्पनी शीर्ष स्थानमा रही रु ८६ करोड ३८ लाख २४ हजार सात सय १७ बराबरको शेयर खरिद–बिक्री भयो । मङ्गलबार विभिन्न १५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

कारोबार हुने साताको चौथो दिन बुधबार नेप्से ३२।०४ विन्दुले बढेर तीन हजार १९२।३५ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।३८ विन्दुले बढेर ५९६।६६ मा पुग्यो । कूल दुई सय २५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार आठ सय ५५ कित्ता शेयर रु १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार नौ सय ९५ मूल्य बराबरको कारोबार भए ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढ्यो । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुग्यो । कारोबारका आधारमा नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रही रु ७८ करोड ८७ लाख तीन हजार पाँच सय २० बराबरको शेयर खरिद–बिक्री भयो । त्यस दिन विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम बिहीबार भने करेक्शन देखियो । त्यस दिन नेप्सेमा १८।२४ विन्दुले गिरावट आई तीन हजार १८०।७८ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८।३३ विन्दुले घटेर ५९०।१५ विन्दुमा सीमित भयो ।

कूल दुई सय २९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६ सय ९७ कित्ता शेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार सात सय ६७ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रही रु एक अर्ब १६ करोड ७८ लाख ३२ हजार चार सय ३५ बराबरको शेयर खरिद–बिक्री भयो । बिहीबार कारोबारका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । यो समाचार गोरखापत्र मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!