बैदेशिक पोष्ट
२०८३ बैशाख १७, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

थप मलेसियाबाट नौ वटा शव र १५ वटा अस्थु आए

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ६, २०७८ ०७;४६ बिहान प्रकाशित
मलेसियामा २७ जना नेपाली कामदारको मृत्यु, शव नेपाल आइपुग्यो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, भदौ ६ गते । स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु¥याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ ।

बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिनुभयो ।
विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको बोर्डले जनाएको छ । यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन ? रोजगारीका लागि गएका युवामध्येबाट दैनिक औसतमा तीनवटा शव यसरी नै विमानस्थलमा आइपुग्छन् ।
पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा एक हजार २४२ जनाले ज्यान गुमाएका छन् । यस हिसाबले दैनिक मृत्यु हुनेको सङ्ख्या औसत तीन जना हुन आउँछ । जब कि अघिल्लो आर्थिक वर्षमा ६७४ जनाले ज्यान गुमाएको बोर्डको तथ्याङ्क छ ।

बोर्डका अनुसार पछिल्लो एक दशकमा १० हजार लगभगले विदेशमा ज्यान गुमाएका छन् । आव २०७७÷०७८ सम्म नौ हजार ४२४ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्क श्रम स्वीकृति लिई करार अवधिभित्रै मृत्यु भएका श्रमिकको हो । श्रम स्वीकृति नलिई गएका, ओभरस्टे बसेका, कम्पनी छाडेर भागेका, अलेखबद्ध श्रमिक पनि मृत्यु हुने गरेको छ तर त्यस्ताको तथ्याङ्क बोर्डसँग छैन । विदेशबाट पोस्टमार्टम नगरी शव पठाउने हुनाले मृत्युबारे पहिचान नै हुने गरेको छैन । मृत्युका कारण थाहा नभएको, प्राकृतिक, अन्य, अनुसन्धान भइरहेकोलगायतका कारण लेखेर शव पठाउने गरिन्छ । यसबाहेक हृदयाघात, आत्महत्या, सडक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटनाबाट पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकले ज्यान गुमाइरहेका छन् ।
श्रमविज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका आफ्ना नागरिकको वास्तविक पहिचान हुन नसक्नु हाम्रै राज्यको कमजोरी हो भन्नुभयो । ‘‘पोस्टमार्टम नगरी स्वदेश पठाइने गरेकाले मृत्युको वास्तविक कारण खुल्न नसकेको भन्दै डा. गुरुङले भन्नुभयो, ‘‘विदेशमा मृत्यु हुनेको शव ल्याउनुपहिले पोस्टमार्टम गर्न सकेमात्रै पनि मृत्युको वास्तविक तथ्य पत्ता लाग्छ । यसको व्यवस्था राज्यले गर्नुपर्छ तर गर्न सकेको छैन ।’’

त्यसो त सर्वोच्च अदालतले २०७४ कात्तिकमा वैदेशिक रोजगारीमा हुने मृत्युका कारण खोज्न आदेश दिएको थियो । तर, अहिलेसम्म पनि सरकारले त्यसतर्फ चासो देखाएको छैन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. केदार बरालको संयोजकत्वमा २०७४ सालमा कार्यदल गठन गरिए पनि त्यसले निष्कर्ष निकाल्न उक्त कार्यदलले मलेसियामा अध्ययन गरेको थियो ।
खाडी मुलुकमा मृत्युको वास्तविक कारण खोजिएको छैन । सर्वोच्चले श्रम गन्तव्य मुलुकमा हुने मृत्युका कारण पत्ता लगाउन अनिवार्य रूपमा पोस्टमार्टम गराउन आदेश दिएको थियो ।

गुरुङले विदेशमा सुतेकै अवस्थामा, सडक दुर्घटना, कार्यस्थल दुर्घटना (माथिबाट खसेर, मेसिनले किचेर)का कारण र कतिपयको आत्महत्या गरेर पनि वैदेशिक रोजगारीमा रहेका नेपालीको निधन भइरहेको बताउनुभयो । विदेशमा दक्ष श्रमिक पठाउन नसक्नु नै विदेशमा मृत्युका पहिलो कारण भएको भन्दै उहाँले भन्नुभयो, ‘‘हामीले यहाँबाट सामान्य विदेशको रहन–सहन, त्यहाँको ट्राफिक नियम, कार्यस्थलबारे, हावापानीबारे सिकाउनुपर्छ भनेर अभिमुखीकरणसम्बन्धी पाठ्यक्रम पनि छ तर त्यो कार्यान्वयन हुन सकेको छैन ।’’
उहाँका अनुसार विदेशमा मृत्युका कारण खोज्दा खाडीमा दिनभर ५५ डिग्रीसम्ममा काम गर्ने र राति एसीको अनियन्त्रित चिसोमा सुत्ने प्रवृत्तिले गर्दा बिहान उठ्दा कतिपयको मृत्यु हुने गरेकोे छ ।

बोर्डले कार्यस्थल सुरक्षा, तनाव व्यवस्थापन, स्वास्थ्य सुरक्षामा श्रमिकलाई अध्यापन गराउने योजना बनाएको छ । बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा सरकारले गरे पनि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । तर, पछिल्लो समय कोभिडका कारण एक लाख ६५ हजार श्रमिकमात्रै वैदेशिक रोजगारीमा गएका छन् । बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ वैदेशिक रोजगारीमा हुने निधनको वास्तविक तथ्य पत्ता लगाउन बोर्डले अध्ययन सुरु गरेको जानकारी दिनुभयो । यो समाचार गोरखापत्र मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!