काठमाडौं : गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल हाइड्रोपावर २ करोड २१ लाख ८२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा यसको विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै खुद नाफा प्रभावित भएको हो ।
एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ५४.४४% ले घटेर २ करोड ५४ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीमार्फत ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको थियो । असार र साउन महिनामा इन्द्रावती र मेलम्ची नदीमा बढी आएको कारण यस आयोजनबाट विद्युत् उत्पादन हुन नसकेको कम्पनीले जनाएको छ ।
२ महिनामा ५२ दिन विद्युत् उत्पादन हुन नसक्दा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको कम्पनीले भनाई छ । असार मसान्तसम्ममा यसको प्रतिसेयर आम्दानी वार्षिक ०.२१ रुपैयाँ नोक्सानमा छ । प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३७ पैसा छ ।
प्रतिक्रिया लेख्नुहोस्:-