बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नक्कली नोटको सञ्जाल फैलिँदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ ६, २०७८ १२;५३ मध्यान्ह प्रकाशित
नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, भदौ ६ गते । नेपाली बजारमा नक्कली नोटको सञ्जाल बढ्दै गएको पाइएको छ । प्रहरीले पाँच वर्षको अवधिमा तीन करोड ३१ लाख रुपियाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा दुई करोड ६४ लाख ८८ हजार ६७० रुपियाँ बराबरको नक्कली नोट बरामद भएपछि यस्ता नोटका कारोबारीविरुद्ध प्रहरीले आक्रामक अभियान थालेको थियो । सो वर्षमा ३७ जना कारोबारी पक्राउ परेका थिए । तीमध्ये आठ जना विदेशी नागरिक थिए । प्रहरीले त्यस वर्ष २१ वटा मुद्दा दायर गरेको थियो ।

चाडपर्व नजिकिँदै गर्दा नेपालका प्रमुख सहरमा नक्कली नेपाली नोटका कारोबारी सक्रिय हुने गरेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार बितेका पाँच वर्षमा नेपालमा नक्कली नोटको कारोबार बढ्दै गएको पुष्टि हुन्छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले भारतमा छपाइ भई नेपालमा नक्कली नोट भित्रिने गरेको बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा ४० लाख ५९ हजार छ सय रुपियाँ नक्कली नोट बरामद भएको थियो । उहाँले उपभोक्तामा नक्कली नोटसम्बन्धी ज्ञानको कमी भएका कारण नै यसको कारोबार बढेको हुनसक्ने बताउनुभयो ।
प्रहरीका अनुसार पाँच वर्षमा प्रहरीले नक्कली नोटको कारोबारीमा संलग्न २५५ जनालाई पक्राउ गरेको छ । नक्कली नोटको कारोबारमा संलग्न १७२ बटा मुद्दा प्रहरीले दायर गरेको छ । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार नेपालमा नक्कली नोट छाप्न भारतको जस्तो मेसिनको प्रयोग नभएकाले सामान्य फोटोकपीबाट छापेका नोटहरूकै सङ्ख्या धेरै देखिएको छ । एक वर्षअघि काठमाडौँको शान्तिनगरमा स्टेसनरीबाट नक्कली नेपाली नोट र नोट छाप्ने उपकरणसहित एक जना पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार विशेष गरी महìवकाङ्क्षी युवा सङ्गठित रूपमा नक्कली नोट छाप्नेदेखि कारोबारमा लागेका छन् । कारोबारीहरूले मुख्य गरी भीडभाडमा किनमेल गर्दा वा धेरै रुपियाँको कारोबार गर्दा बीचमा नक्कली नोट घुसाएर बजारमा पठाउने गरेको पाइन्छ ।
डीआईजी मल्लले केही वर्षअघिसम्म भारतीय नक्कली नोटको बढी चर्चा हुन्थ्यो तर अहिले नेपाली नक्कली नोटको कारोबार बढ्नु चुनौतीको विषय भएको बताउँदै यस विषयमा सुरक्षा संयन्त्र मात्र नभएर आमसर्वसाधारण पनि सचेत बन्नुपर्ने बताउनुभयो ।

नेपालमा विशेष गरेर एक हजार, पाँच सय र एक सय रुपियाँ दरका नक्कली नोटहरू बजारमा आउने गरेको प्रहरीकै रेकर्डमा छ । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका निर्देशक दयाराम शर्मा पङ्गेनीले पैसाको कागज खस्रो छ कि सामान्य छ भनेर हेर्न अनुरोध गर्दै आफूलाई नोटमाथि शङ्का लागेमा नोटलाई भाँच्ने तथा पछाडिबाट लाइट बालेर पानीछाप हेर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक नोटमा सगरमाथाको फोटो राखिएको हुन्छ । सगरमाथा भएको ठाउँमा बत्ती बाल्दा बल्यो भने त्यो नोट सक्कली हो भन्ने थाहा हुन्छ ।”  यो समाचार गोरखापत्र मा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!