बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बैतडी घर भएकी २२ वर्षीया नेपाली चेली कसरी दिल्लीमा बेचिन पुगिन् ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ७, २०७८ १६;४० मध्यान्ह प्रकाशित
बैतडी घर भएकी २२ वर्षीया नेपाली चेली कसरी दिल्लीमा बेचिन पुगिन् ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नयाँ दिल्ली । पछिल्लो केहि समयदेखि भारतको दिल्ली–मुम्बईमा नेपाली किशोरी बेचिने घटनाहरु निरन्तर बढ्नु चिन्ताको विषय बनेको छ। यस्तै घटनाको उदाहरण हो दिल्लीको जीबी रोडमा भेटिएकी २२ वर्षीया नेपाली चेली । नेपाल भारत सिमानामा अशिक्षित, गरिब परिवारका नेपाली चेलीलाई माया जाल, विवाह र पैसाको लालच दिएर भारतको मुम्बई तथा दिल्लीमा बेचिने घटनाको पर्दाफास भएको छ। दिल्लीबाट दलित एकता सञ्जाल र आफन्त नेपालको संयुक्त पहलमा २२ बर्षिया नेपाली चेलीको उद्धार गरि अहिले उनलाई नेपालस्थित उनकै घर फर्काइएको छ।

बैतडी जिल्ला बस्ने गर्ने ललिता (नाम परिवर्तन) आफ्नी दिदि भिनाजुसँग कञ्चनपुरको सुख्डमा बसोबास गर्दै आएकी थिइन्। यसै क्रममा उनको बैतडीकै एकजना युवकसँग सम्पर्क भयो र एकापसमा कुरा गर्दागर्दै उनी युवाको माया जालमा फसिन्। ती युवाले आफ्नी प्रेमिकालाई विवाह गर्ने र भारत जाने प्रस्ताव राखे। गरिबी र आफन्तको घरमा बसेकी ललिता युवाको प्रेममा विश्वास गर्दै विवाह गर्ने भारत जाने प्रस्तावलाई स्वीकार गरिन्।

दलित एकता सञ्जाल भारतका प्रमुखले दिएको जानकारी अनुसार ११ अगस्टको दिन दुवैजना भारततर्फ आउने क्रममा उनीहरुलाई गड्डाचौकी नाकामा रोकि चेकजाँच गर्दा उनीहरुसँग कुनै पनि नाता प्रमाणित हुने प्रमाणपत्र नभएको कारण किशोरीलाई १ दिन महिला सेल्टरमा राखेर युवालाई जिल्ला प्रहरी कार्यालयको देखरेखमा राखी १२ अगस्टको दिन ती युवतीलाई उनका भिनाजुको जिम्मा लगाइएको हो ।

तर सोही दिन उनीहरु झोलुङ्गे पुलको बाटो तिन हजार नेपाली रकम दिएर मोटरसाईकलमा भारत–नेपाल सिमा पार गरेको युवतीले जानकारी दिएकी छन्। उनका भिनाजुको पनि उक्त काण्डमा संलग्नता हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

१३ अगस्टको दिन ती युवती र युवा दिल्लीको आनन्द बिहार बसपार्क पुगे र युवाको प्लान अनुसार एकजना भारतीय नागरिक उनीसँग आएर नोकरी लगाईदिन्छु भन्दै प्रलोभन दिए । उनीहरु ती भारतीय युवासँग उनकै कोठामा पुगे। युवा प्रेमिकालाई नुहाउन भन्दै कोठाबाट निस्किए र ललिता पनि बसको यात्रा धेरै कष्टकर र लामो भएकाले निदाइन् । केहि समय पश्चात उनी उठिन् र आफ्नो प्रेमी उक्त कोठामा नभएकाले उनी कहाँ छन् भन्दै खोजतलास गर्दै गर्दा ती भारतीय युवाले रक्सी लिन गएको जवाफ दिए ।

युवती आत्तिएर प्रेमी खोज्न बाहिर जान खोज्दा भारतीय युवाले ललितालाई जबरजस्ति गर्न खोजेपछि उनी बलजफत बाहिर आएर करिब ३ घण्टा युवकको प्रतिक्षा गरिन् तर उनी फर्किएनन्। समय बित्दै जाँदा रात पर्न लाग्यो, अन्जान देश एक्लै युवती डरले चिच्चाउन थालिन् छिमेकीको डरले भारतीय युवाले युवतीको झोला दिएर कोठा देखि केहीपर लगेर आफू फरार भयो । दिल्लीको जीबी रोडमा युवती यसरि सडकमा अलपत्र पर्नु कुनै डरलाग्दो सपना जस्तै थियो तर यो सपना नभई सत्य घटना थियो।

जीबी रोडमा रोईरहेकी अलपत्र अवस्थामा एकजना बटुवाले पुलिसलाई खबर गरे। भारतको स्वतन्त्र दिवसको एक दिन पहिला १४ अगस्तको दिन परेको हुँदा पुलिसले पनि तत्परताका साथ एक्सन लिदै तत्काल नै नेपाली राजदुतावासमा सम्पर्क गरि राती करिब एक बजे दूतावासको गेटमा त्यी अलपत्र परेकी युवतीलाइ पु¥याए। दूतावासको कर्मचारीले आफ्नो देशको नागरिक त्यो पनि युवती यसरी जोखिमा परेको देखेपछि तत्काल सुरक्षाका साथ सुरक्षित स्थानमा राख्नका लागि मानव बेचबिखनविरुद्ध सक्रिय संस्था आफन्त नेपाललाई खबर गरे ।

आफन्त नेपाल र दिल्ली महिला आयोगको टोली दूतावास पुगेर परामर्श गर्नका साथै ती पिडित युवतीको सुरक्षा, मेडिकल र नेपालदेखि गैरकानुनी तरिकाले भारत भित्राउने व्यक्तिको साथ कोठामा राख्ने व्यक्तिको बारेमा छानबिन गर्नको लागि पहल गरिएको छ। यस घटनामा सम्मलित दुवै युवा अहिले सम्पर्कबिहिन भएको तर दिल्ली पुलिसको खोजतलास चलिरहेको संस्थाका अध्यक्ष अर्जुन बिकले डिसी नेपाललाई बताए।

युवतीलाई मेडिकल चेकजाँच पश्चात दिल्ली महिला आयोगको सुरक्षित आवास गृहमा व्यवस्थापन गरिएको थियो र अहिले पिडितलाई परिवार सम्म पु¥याउन कानुनी प्रक्रियाहरु पूरा गरि दलित एकता सन्जाल र आफन्त नेपालका भारत प्रमुख नवीन जोशीको संयुक्त पहलमा नेपाल फर्काइएको छ। स्वदेश फिर्ता गराउने टिमको नेतृत्व दलित एकता संजाल नेपाल भारतकी महिला नेतृ ममता बीकले गरेकी छन्। यो समाचार डिसी नेपालमा प्रकाशित छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!