काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । सोमबार जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याडले राष्ट्रिय टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो ।
आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका लागि फाइनल गरिएको हो । एडप्याडले जर्सीको डिजाइन गर्न आवेदन खुल्ला गरेको थियो ।
नयाँ जर्सीलाई माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सार्वजनिक गरेका हुन ।
जर्सीको डिजाइनको विजेताले एक लाख रुपैयाँ पुरस्कार पाएका छन । जर्सीमा नेपाली सस्कृती झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रंङमा जर्सीको डिजाइन गरिएको छ । भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ ।
काठमाडौंमा भएको सिरिज अघि नयाँ प्रायोजकसहितको जर्सी सार्वजनिक हुँदा धेरैले त्यसमा असन्तुुष्टि जनाएपछि जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरुबाट खुल्ला प्रतिस्पर्धा गराई नयाँ जर्सीको डिजाइन मगाएका थिए । जसमा ५०० बढीको डिजाइन प्राप्त भएकोमा त्यसबाट एउटा डिजाइन फाइनल गरिएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-