यूएईले आफ्नो मुलुकको आवासीय भिसा भएका नेपालसहित ६ देशका नागरिकको भिसा आगामी नोभेम्बरसम्म थप गरेको छ । यूएईको आवासीय तथा वैदशिक मामिला सम्बन्धी महानिर्देशकको कार्यालयलाई उद्धृत गर्दै फ्लाई दुवईले यूएईको आवासीय भिसा भएका भारत, पाकिस्तान, नेपाल, श्रीलंका, नाइजेरिया तथा युगाण्डाका नागरिकहरुको भिसा अवधि ११ नोभेम्वर २०२१ सम्म रहने बताएको छ ।
यो निर्णयले २० अप्रिल २०२१ देखि ९ नोभेम्वर २०२१ सम्म आवासीय भिसाको म्याद भएकालाई सहयोग पुग्ने बताइएको छ । यो निर्णयले गत २० अप्रिलमा आवासीय भिसाको म्याद सकिएकाहरु ११ नोभेम्बरसम्म यूएई जान पाउने छन् ।
कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको र संक्रमणको दर कम भएपछि यूएईले रात्रीकालीन गतिविधिहरुलाई पनि शनिबारबाट खुकुलो बनाएको बताएको छ । यूएई सरकारले आवासीय भिसा प्राप्त नेपालीलाई ५ अगस्टदेखि आगमन खुला गरेको छ । यूएइले आफ्नो देश प्रवेश गर्नुभन्दा ४८ घण्टाअघि पीसीआर परीक्षणलाई अनिवार्य गराएको छ । मध्यान्ह दैनिकले छापेको छ
प्रतिक्रिया लेख्नुहोस्:-