रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानियाको G & G Recruitment SRL कम्पनीले (carpenter, Blacksmith, steel fixer, mason, plumber, lock smith, labour, cook, waitress, cleaner का लागि ७७ पुरुष र १८ जना महिला गरि जम्मन ९५ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ७६,२२५ रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ७६ हजार माथि रहेको छ । इच्छुक कामदारले शल्मानी ओभरसिज प्रा.लि को कार्यालय कोटेश्वर काठमाडौंमा भदौ १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ । थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु होस् |
प्रतिक्रिया लेख्नुहोस्:-