काठमाडौं– साउदी अरबमा पछिल्लो एक हप्ताको अवधिमा १६ हजार आप्रवासीहरू प्रक्राउ परेका छन् । त्यहाँको कानुन उल्लंघन गरेको आरोपमा विभिन्न देशका १६ हजार जना पक्राउ परेका हुन् ।
आप्रवासी, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरेको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेकामध्ये आवासीय कानुन उल्लंघन गर्ने ५ हजार ४३६ जना रहेको बताइएको छ ।
त्यस्तै ९ हजार ७५ सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्ने र १ हजार ३८९ जना श्रम कानुन उल्लघंन गर्ने रहेको समाचारमा जनाइएको छ । हालसम्म यस्तो कानुन उल्लघंन गर्ने ७८ हजारभन्दा बढीलाई साउदी सरकारले कारबाही चलाएको पनि बताइएको छ । जसमध्ये ६५ हजार बढी पुरुष र १३ हजार बढी महिला रहेको समाचारमा उल्लेख गरिएको छ ।
यस्तै, विभिन्न कानुन उल्लघंन गर्ने ५८ हजार ३ सय जना आप्रवासीलाई कूटनीतिक प्रक्रियामार्फत स्वदेश फिर्तीको लागि पहल भइरहेको र ८ हजार १२८ जनालाई देश निकाला गरिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाइएको छ । त्यहाँको नियमअनुसार यस्तो अपराधमा संलग्न हुनेलाई १५ वर्ष जेल सजाय र १० लाख साउदी रियाल बराबरको जरिबाना तोकिएको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-