कतारको एक सुन चाँदी कम्पनीमा नेपाली कामदारको माग गरेको छ । कतारको Dilu Jewellery co. कम्पनीले (Salesman र Labourer) का लागि २ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ३२,४१० देखि ४२,१३५ रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ४२ हजार माथि रहेको छ । इच्छुक कामदारले ओमेगा इन्टरनेसनल प्रा.लि को कार्यालय गौशाला काठमाडौंमा भदौ १५ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ । थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि यहाँ क्लिक गर्नु होस् |
प्रतिक्रिया लेख्नुहोस्:-