काठमाडौं : वैदेशिक रोजगारीका लागि कतार जान हिँडेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ परेका छन् । मंगलबार बिहान कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका चितवन खैरेनीका २९ वर्षीय बुद्धिराज पाठक गाँजासहित पक्राउ परेका हुन् ।
विमानस्थल प्रहरीका अनुसार ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको साथमा ८ सय ग्राम गाँजा फेला परेको थियो । पाठकले ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदकि औषधी उद्योग गोकर्नेश्वर–१, काठमाडौं लेखिएको बट्टामा गाँजा लुकाएर झोलामा राखेको पाइएको बताइएको छ ।
यसैबीच वैदेशिक रोजगारीका लागि साउदी अरबमा कार्यरत १६ हजार आप्रवासी कानून उल्लंघनको आरोपमा पक्राउ परेका छन् । उनीहरुमाथि आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानून उल्लंघन गरेको गल्फ न्युजले जनाएको छ । त्यसमा आवासीय कानून उल्लंघन गर्ने ५ हजार चार सय ३६ जना, सीमा सुरक्षा उल्लंघन गर्ने ९ हजार ७५ र श्रम कानून उल्लंघन गरेको आरोपमा १ हजार ३ सय ८९ जना छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-