काठमाडौं : वैदेशिक रोजगारका लागि युरोप मुलुक लिथुवानिया पठाइदिने प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगाका पोशबहादुर सुनुवारलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
वर्किङ भिसामा लिथुनिया पठाइदिने भन्दै ६ जनाबाट एक–एक लाख रुपैयाँका दरले ६ लाख रुपैयाँ लिएर सुनुवार सम्पर्कविहीन भएका थिए । प्रहरीले सुनुवारलाई वैदेशिक रोजगार ऐन अनुसार थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको बताएको छ । वैदेशिक रोजगार ऐन अनुसार व्यक्तिलाई वैदशिक रोजगारीमा पठाउने अनुमति छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-