बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियाबाट फर्किएर गाउँमै नर्सरी स्थापना, बर्सेनि सात लाख रुपैयाँसम्म कमाउँदै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ १०, २०७८ १६;२५ मध्यान्ह प्रकाशित
मलेसियाबाट फर्किएर गाउँमै नर्सरी स्थापना, बर्सेनि सात लाख रुपैयाँसम्म कमाउँदै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

रामेछाप – चार वर्षसम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बिताउनुभएका दोरम्बा गाउँपालिका १ मेघ्रेका राजन खड्का अहिले गाउँ फर्किएर आफ्नै जग्गामा नर्सरी स्थापना गरेर बर्सेनि लाखाैँ रुपैयाँ कमाउन सफल हुनुभएकाे छ ।

राजनले सात वर्षअघि रामेछापमा राेजगारी खोज्दै धेरै पटक सदरमुकाम लगायतका ठाउँ धाउनुभयाे । जिल्लामा रोजगारी नपाएपछि उहाँ रोजगारीकै लागि काठमाण्डाै लाग्नुभयाे । उहाँले काठमाण्डौमा पनि सोचेजस्तो काम पाउनुभएन । त्यसपछि राजनले धेरै पैसा कमाउने आश बाेकेर मलेसिया जाने निधो गर्नुभयाे । उहाँ आवश्यक कागजात तयार गरेर एजेन्टमार्फत तत्कालै मलेसिया जानु पनि भयाे ।

तर मलेसिया पुग्नुभएका राजनले त्यहाँ पनि सोचेजस्तो काम पाउनुभएन । जसाेतसाे गरेर उहाँले मलेसियामा चार वर्ष पसिना बगाउनुभयाे । त्यसपछि उहाँले नेपाल फर्कने र गाउँमै कृषि व्यवसाय सञ्चालन गर्ने निधो गर्नुभयाे । मलेसियामा कमाएको पैसा लिएर उहाँ नेपाल फर्किनुभयाे ।

मलेसियामा रहँदा उहाँलाई आफ्नाे देश, परिवार र जग्गाजमिन झलझल आँखामा आउँथ्यो । विदेशमा बस्दा गरेको दुःख र बगाएको पसिना सम्झेर राजनले नर्सरी स्थापना गर्नुभयाे ।

उहाँले अहिले किबी, जुनार, सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आउनुभएकाे छ । घरका सदस्यसँग रमाउँदै आफ्नै तीन रोपनी खेतमा नर्सरीबाट बर्सेनि चारदेखि सात लाख रुपैयाँसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयाे । राजनले भन्नुभयाे, ‘धेरै कमाइ हुन्छ होला भनेर परिवार छाडेर अर्कैको देशमा गएँ । आखिर त्यहाँ पनि पैसा फल्ने बोट हुँदो रहेनछ । दुःख नै गर्नुपर्दा आफ्नै गाउँमा गर्छु भन्ने लागेर आफ्नै देश फर्किएँ ।’

उहाँलाई नर्सरीमा रहेका बिरुवा गोडमेल गर्ने, पानी हाल्ने लगायतका काममा उहाँकी श्रीमती तुलसीले पनि साथ दिँदै आउनुभएकाे छ । खड्का दम्पती दैनिक घरको काम सकेर बाँकी रहेको समय नर्सरीलाई दिँदै आएका छन् । नर्सरीमा उत्पादन भएका बिरुवा खरिद गर्न रामेछापका साथै सिन्धुली, काभ्रे, भक्तपुर लगायतका जिल्लाबाट किसानहरू गाउँमै आउने गरेको खड्का बताउँछन् ।

राजन भन्नुहुन्छ, ‘अहिले नर्सरीमा उत्पादन भएको बिरुवा माग धेरै भएको समयमा पुर्‍याउनै सकिँदैन । कुनै वर्ष त्यति धेरै माग आउँदैन । नर्सरीमा बिरुवा ठूलो बनाएर राखेर बिक्री गर्नुपर्ने अवस्था आउने गर्छ । अहिले आफ्नै गाउँमै बसेर परिवारसँगै काम गर्न पाउँदा धेरै खुसी लागेको छ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!