बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आर्थिक वृद्धि ४.०१ प्रतिशत

रेमिट्यान्स ९.८ प्रतिशत र निर्यात ४४.४ प्रतिशतले वृद्धि

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ ११, २०७८ १०;४४ बिहान प्रकाशित
मौद्रिक नीति आज सार्वजनिक गर्दै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, भदौ ११ गते । आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरिएको छ । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएकामा कोरोना कहरका कारण आर्थिक गतिविधि शिथिल हुँदा र सरकारको पुँजीगत खर्च पनि कम हुँदा त्यसको असर आर्थिक वृद्धिमा देखिएको हो । यस वृद्धिमा कृषि क्षेत्रको २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि ४.४३ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भएर १४१ अर्ब १२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ ।
वार्षिक बिन्दुगत आधारमा २०७८ असारमा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ५.३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ८.९ प्रतिशतले बढेको छ । २०७७ असार महिनामा २.६ प्रतिशतले बढेको व्यापारको सर्त २०७८ असार महिनामा ३.४ प्रतिशतले घटेको छ ।

रेमिट्यान्स ९.८ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ३४.७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७७/७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई १०७१ अर्ब ३५ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

चालू खाता घाटामा
समीक्षा अवधिमा चालू खाता ३३३ अर्ब ६७ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालू खाता ३३ अर्ब ७६ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा दुई अर्ब ८४ करोडले घाटामा रहेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड रुपियाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड रुपियाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ रुपियाँ करोड रहेको थियो ।
सोही अवधिमा शोधनान्तर स्थिति एक अर्ब २३ करोड रुपियाँ बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोड रुपियाँ बचतमा रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमा कमी
२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले कमी आई २०७८ असार मसान्तमा १३९९ अर्ब तीन करोड रुपियाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा २०७८ असार मसान्तमा ०.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ७५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रुपियाँ रहेकामा २०७८ असार मसान्तमा १.५ प्रतिशतले वृद्धि भई १२४४ अर्ब ६३ करोड रुपियाँ पुगेको छ ।

मुद्राप्रदाय बढ्यो
आर्थिक वर्ष २०७७/७८ मा विस्तृत मुद्राप्रदाय २१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १८.१ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा खुद वैदेशिक सम्पत्ति एक अर्ब २३ करोड रुपियाँ (०.१ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्ष उक्त सम्पत्ति २८२ अर्ब ४१ करोड रुपियाँ (२८.७ प्रतिशत)ले बढेको थियो । समीक्षा वर्षमा सञ्चित मुद्रा ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्रा २६.७ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!