यु.ए.इ. को एक अर्धसरकारी कम्पनी Emirates Taxi मा नेपाली कामदारको माग गरेको छ । यु.ए.इ. को Emirates Taxi कम्पनीले विभिन्न पोस्टका लागि ७५ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । यसमा नेपाली लाईट लाईसेन्स र यु.ए.इ. को लाईसेन्स भएको व्यक्ति जान पाउने म्यानपावर कम्पनीले जनाएको छ | कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ४८,४६० रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ४८ हजार माथि रहेको छ । इच्छुक कामदारले एसटारिस एच आर सर्भिसेस प्रा लि को कार्यालय सामाखुशी काठमाडौंमा भदौ १६ देखि भदौ २२ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-