मलेसियाका नवनियुक्त ९ औं प्रधानमन्त्री इस्माईल साब्री बिन याकोबले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।
स्थानीय टेलिभिजनबाट प्रसारण भएको जनताको नाममा सम्बोधन कार्यक्रममा मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले आफ्नो प्रधानमन्त्री क्याबिनेटमा म प्रधानमन्त्री इस्माईल साब्री बिन याकोबसंगै ३२ जनाको मन्त्री मण्डल बिस्तार गरेको बताउनु भएको हो।
साथै प्रधानमन्त्री याकोबले सम्बोधनको क्रममा मलेसियामा पछिल्लो समय भयावह अवस्थामा देखिएको कोरोना भाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न म जस्तै नव नियुक्त नयाँ मन्त्रीहरु पनि सफल हुनुहुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नुभयो।
“मेरा नयाँ सहकर्मीहरुले उत्कृष्ट नतिजा दिने गरी काम गर्नुहुने छ भन्ने आशा गरेको छु, त्यसका लागि सवै मन्त्रीहरुले छोटो तथा लामो समयावधिका लागि कार्ययोजना पनि बनाउनुहुनेछ,” उनले भने । कार्ययोजना बनाएर काम गर्दा निर्धारित लक्ष्य पूरा गर्न सजिलो हुने प्रधानमन्त्री याकोबको भनाइ छ । उहाँले सुरुको १०० दिनका लागि पनि छुट्टै योजना बनाउन आग्रह गरे।
मलेसियाका तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासीनले यही अगस्ट १६ मा राजिनामा दिएपछि नयाँ सरकार गठन भएको हो। उनलाई विगतमा समर्थन जनाएका केही सांसदले समर्थन फिर्ता लिएपछि बहुमत नपुगेको कारण उनले राजिनामा दिनुपरेको थियो।
उनले राजिनामा दिएपछि राजाले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलका नेताहरुलाई आह्वान गरेका थिए । त्यसपछि विभिन्न दलहरुको समर्थनमा इस्माईल साब्री बिन याकोबले दाबी पेस गरेका थिए । उनलाई राजाले केही दिन अगाडि प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन।
प्रतिक्रिया लेख्नुहोस्:-