कार्वी डिम्याट स्क्याम खुलासा भएको करिब २ वर्षपछि,कार्वी ग्रुपका अध्यक्ष सी पार्थसारथी गत साताको बिहीबार हैदराबादबाट बैंकको ऋण नतिरेको आरोपमा पक्राउ परे।
के हो कार्वी डिम्याट स्क्याम?
कार्वी ग्रुप अन्तर्गतको कार्वी स्टक ब्रोकरिङ्गले आफ्ना क्लाइन्टहरुको डिम्याट खातामा भएको धितोपत्रहरु, उनीहरुको अनुमति बिना, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट पैसा उठाउनका लागि प्रयोग गर्थे। यस्तो पैसा कार्वी ग्रुपका कार्वी रियल्टी जस्ता अन्य कम्पनीहरु वितरण गरिन्थ्यो।
स्क्यामको म्यागनेच्युड कति थियो?
प्रारम्भिक अनुमान अनुसार केएसबीएलले ९५ हजार क्लाइन्टको धितोपत्र गैरकानूनी रुपमा धितो राखेका थिए र त्यसबापत एचडिएफसी बैंक, आईसीआईसीआई बैंक, इण्डसइण्ड बैंक, एक्सीस बैंक, बजाज फाइनान्स, आदित्य बिर्ला फाइनान्स जस्ता विभिन्न वित्तीय संस्थाहरुबाट २३०० करोड रुपियाँ उठाएको देखिएको छ।
कसरी गरिएको थियो स्क्याम?
ब्रोकरिङ्ग कम्पनीले आफ्ना निष्क्रिय क्लाइन्टहरुको डिम्याट खाताबाट आफ्नो कार्वी स्टक ब्रोकरिङ्ग (बीएसई) को खातामा ट्रान्सफर गरेका थिए। र ऋणदाताहरुलाई ती धितोपत्र आफ्नो हो भनी देखाई ऋण लिनका लागि धितो राख्दथे।
कसरी र कहिले भएको थियो खुलासा?
सन् २०१९, जुन २० मा बजार नियामक सेबीले ब्रोकरहरुले आफ्नो क्लाइन्टको धितोपत्र धितो राखी आफ्नो लागि ऋण लिन नमिल्ने भन्दै एक निर्देशिका जारी गर्यो। त्यसअघिसम्म सबै ब्रोकरहरुले त्यस्तै गर्दै आएका थिए। सेबीले क्लाइन्ट फण्ड र धितोपत्र अलग अलग गर्नका लागि सेप्टेम्बर ३०, २०१९ सम्मको समयावधि दिएको थियो। तर, दिइएको समय सीमाभित्र केएसबीएल असफल भए। त्यसपछि लगानीकर्ताहरुले सेबीमा कम्प्लेन गरे र सो कुराको छानबीन गर्न सेबीले एनएसईलाई निर्देशन दियो।
नियमकीय निकायहरु के कस्ता कदम चाले
नोभेम्बर २२, २०१९ मा, सेबीले २०१६ अप्रिलदेखि २०१९ अक्टोबरसम्ममा अर्को कम्पनी कार्वी रियल्टीलाई १०९६ करोड रुपैयाँ ट्रान्सफर गरेको बताउँदै केएसबीएललाई ब्रोकिङ्ग सेवा दिन निषेध गर्न आदेश जारी गर्यो। साथै, सेबीले गैर कानूनी रुपमा ट्रान्सफर गरिएको धितोपत्र लगानीकर्ताहरुको खातामा शिघ्र ट्रान्सफर गर्न डिपी र स्टक एक्सचेञ्जसँग नजिकबाट कार्य गर्दै विस्तृत फरेन्सीक अडिट गर्न एनएसईलाई निर्देशन दियो।
२०२० जनवरीमा, यूनियन कर्पोरेट अफियर्स मन्त्रालयले रजिष्ट्रार अफ कम्पनीज, हैदरावादलाई, कार्वी ग्रुपमाथि वित्तीय जालसाजीको जाँच गर्न आदेश दियो।
लगानीकर्ताको क्षतिपूर्तिको विषयमा के?
डिसेम्बर २०१९ मा, स्क्यामको खुलासा भएसँगै, सेबीले ९५ हजार स्क्याम प्रभावित केएसबीएल क्लाइन्टहरुमध्ये ८३ हजारको धितोपत्र कार्वीको डिम्याट खाताबाट उनीहरुको खातामा ट्रान्सफर गर्न डिपी तथा स्टक एक्सचेञ्जहरुसँग सहकार्य गरे।
नोभेम्बर २०२० मा, एनएसईले लगभग २.४ लाख केएसबीएल लगानीकर्ताहरुको २३०० करोड रुपियाँको दाबीलाई सेटल गरेर ३० हजार रुपैयाँमा झारेको छ। २०२१ को सुरुवातमा, लगानीकर्ताहरुलाई क्षतिपूर्ति दिने क्रममा, सेबीको निर्देशनमा, केएसबीएलको डिम्याट खातालाई आईआईएफएल सेक्यूरिटीज र त्यसको ट्रेडिङ्ग खाताहरुलाई एक्सिस सेक्यूरिटिजलाई लिलाम बिक्री गरियो।
प्रतिक्रिया लेख्नुहोस्:-