बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्रमिकलाई लाखौँ ठगी गुमनाम हुने आँट कहाँबाट आउँछ म्यानपावर व्यवसायीलाई?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ ११, २०७८ २०;०८ मध्यान्ह प्रकाशित
श्रमिकलाई लाखौँ ठगी गुमनाम हुने आँट कहाँबाट आउँछ म्यानपावर व्यवसायीलाई?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

केही समय अघि म्यानपावर व्यवसायीबाट ठगिएका एक युवा वैदेशिक रोजगार विभागमा भेटिए। उनी म्यानपावर व्यवसायीले गरेको ठगीलगायतका अनेक झमेलामा परेकाले त्यहाँ पुगेका थिए।

उनी भन्दै थिए, ‘मैले त हातै छोडेँ म्यानपावरको मान्छेलाई। त्यही भएर मसँग लिएको साढे तीन लाख रुपैयाँमा ४० हजार बाहेक सबै फिर्ता दियो।’

उनले व्यवसायीमाथि हात छोडेकाले र मन्त्रालयसँग सामान्य पहुँच भएकाले दिएको पैसामा केही फिर्ता पाएको बताए। उनका अनुसार उनीसँग सिनामंगलस्थित एक म्यानपावरले दुबई रोजगारीमा पठाउनको लागि त्यति धेरै पैसा लिएको थियो। साथै, म्यानपावरले पैसा लिएर पनि विदेश नउडाएर अनेक बहाना पार्दै झुलाइराखेकाले बाध्य भएर ती युवाले म्यानपावर व्यवसायी माथि जाइलागे।

तर, व्यवसायीमाथि जाइलाग्दा समेत उनले दिएको पासपोर्टलगायतका डकुमेन्ट र पैसा भने तुरुन्तै पाउन सकेनन्। अन्ततः उनले गृहमन्त्रीसँग चिनजान भएका व्यक्तिमार्फत पहल गरिदिन आग्रह गर्नु पर्‍याे।

उनी भन्छन्, ‘मैले त विभाग र गृहमन्त्रीबीच फोन गराएको थिएँ। अनि उनीहरु (म्यानपावर व्यवसायी) ले विभागमा मान्छे पठाए र मेरो पासपोर्टलगायतका डकुमेन्टहरु ल्याएर सम्झौता गराएर फिर्ता दिएका हुन्। तर श्रम चाहिँ रद्द गरेको थिएन, त्यो भएर फेरि यहाँ (विभागमा) आएको हुँ।’

उनी अगाडि भन्छन्, ‘म्यानपावरले श्रम नै क्यान्सिल गरेको छैन। श्रम क्यान्सिल नगरेकाले म अर्को देश उड्नै सकिराखेको छैन। त्यसको लागि फेरि विभाग आएको हुँ। अहिले श्रम क्यान्सिल गर्न मानिराखेको छैन। यो भाइले गर्दा विभाग आउनु पर्यो भनेर रिसिभी साँधेका छन्। अब मेरो यहाँ १० मिनेटको मात्रै काम हो। साइन मात्रै गर्नु पर्ने छ तर उसले गर्नै खोजेको छैन।’

पीडक म्यानपावर व्यवसायीले ति पीडित युवाका कारण विभागमा आउनु परेकाले बेइजत भएको बताउँदै आएका रहेछन्। तर, फ्रि भिसा, फ्रि टिकटमा लाखौं उठाउने र त्यसमाथि विदेश पठाउन भोलिभोलि भन्दै वर्षौंसम्म पनि नपठाएर ठगी गर्ने प्रवृत्तिप्रति म्यानपावर व्यवसायीहरु आफै लज्जित हुनु पर्ने होइन र?

अन्ततः अर्को देश उड्ने तयारीमा रहेका ती युवाले म्यानपावरले दिन बाँकी ४० हजार रुपैयाँको भने विस्मत नलागेको बताए। वैदेशिक रोजगारीको नाममा म्यानपावरले धेरै युवाहरुलाई ठग्दा रहेछन भन्ने कुरा ती युवाले विभागमा आएपछि छक्क परेको बताए।

‘मेरो श्रम गर्दा खर्च भयो भनेर ४० हजार चाहिँ फिर्ता नदिएको हो’, उनी भन्छन्, ‘यहाँ(विभाग) आएको त धेरैजना ठगिएका रहेछन्। यिनी (विभागमा आएका अन्य पीडितलाई देखाउँदै) हरुलाई हेरिकन मेरो त केही होइन रहेछ, यसमा म त आफूलाई भाग्यमानी सम्झिराखेकी छु। म जस्तो ठगिएका कति मान्छे यहाँ आउँदा रहेछन्। हुन त म्यानपावरले गर्दा कति जना त सामान गिर्बी राखेर होटलमा बसेका छन्। मैले पनि मोबाइल राखेर होटलमा बसिराखेको थिए अनि पैसा फिर्ता पाएपछि तिरेको हो।’

त्यसैगरी गत बुधबार एक पीडित बाबुछोरा विभागमा उजुरी दिन भन्दै तमसुक र चेक बोकेर पुगेका थिए। झापाका उनीहरुलाई पनि बुद्धनगरस्थित एक म्यानपावरले डेढ वर्षदेखि झुलाइराखेको रहेछ। त्यो म्यानपावरले छोरालाई रोजगारीमा पोल्याण्ड पठाउछु भनेर कोरोना संक्रमण फैलिनुभन्दा अघि नै ९ लाख ५० हजार रुपैयाँ लिएको रहेछ।

तर, अझैसम्म पनि न त विदेश नै पठायो, न त पैसा नै फिर्ता दियो। पैसा फिर्ता गर्छु भनेर झुलाइराखेकाले ति बुवाछोरा अति भएपछि विभाग आएका रहेछन्। बुद्धनगरस्थित म्यानपावरले झापाका ति युवासँग तमसुक गरी तथा ९ लाख ५० हजारको चेक दिएर विश्वासमा पारी पैसा लिन सफल भएको रहेछ।

पछिल्लो समय भोलि पैसा फिर्ता दिन्छु भन्दैभन्दै वर्षाैं बितिसकेछ तर पैसा फिर्ता पाउने छाटकाट नदेखेपछि उनीहरु समय गुज्रिएको तमसुक र चेक लिएर विभाग आएका रहेछन्। विभागमा महानिर्देशकसँग सिधै गएर कुरा राख्ने सोचले आएका उनीहरु महानिर्देशकको पद रिक्त रहेको थाहा पाएपछि दुई–चार दिनमा उजुरी दिने भन्दै फर्किएका थिए।

ती युवा भन्दै थिए, ‘डेढ वर्ष भयो ९ लाख ५० हजार दिएको हो। कागज गरेर दिएको हो र उसले चेक पनि ९ लाख ५० हजारको दिएको छ। तमसुक भएपछि विश्वास भयो, त्यसमाथि चेक पनि दिएको छ। अहिले फोन गर्‍याे भने उठाउछ र भोलि भोलि भन्छ तर पैसा दिँदैन।’

दिनकै जस्तो वैदेशिक रोजगारीको नाममा लाखौं रुपैयाँ ठगी गर्ने म्यानपावरविरुद्ध विभागमा जाने उजुरीको चाङमध्ये माथिका दुई पीडित युवा त प्रतिनिधि पात्र मात्रै हुन्। वैदेशिक रोजगारीका नाममा ठगिएर न्यायको लागि विभागमा कयौं युवाहरु दैनिक भेटिन्छन्।

आखिर किन म्यानपावर व्यवसायीहरु ठगी धन्दा गरिराखेका छन् र युवाहरु ठगिइराखेका छन्? विभागमा उजुरी दिन पुगेका युवाहरुको जमातलाई हेर्दा यसप्रति सरकारको ध्यान किन नगएको भन्ने जिज्ञासा जो कोहीले सहजै अनुमान लगाउन सक्छ।

अर्कोतिर, वैदेशिक रोजगारमा पठाउने इजाजत पाएका म्यानपावरहरुलाई २ करोडदेखि ६ करोडसम्मको धरौटीको व्यवस्था गरेको सरकारले व्यक्तिगत तथा अवैध संस्थाबाट समेत वैदेशिक रोजगारको नाममा हुने गतिविधिलाई रोक्न नसकेका कारण पनि ठगीका केसहरु दिनप्रतिदिन बढ्दै गइराखेको छ।

वैधानिक र अवैधानिक संस्थाबाट विदेश उडेका र उड्न चाहनेहरु दिनदिनै अनगिन्ती संख्यामा ठगिइराखेका हुन्छन्। वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई सचेत र ठगी गर्ने संस्थालाई कडाभन्दा कडा कारवाही नगरेकाले पनि देशमा पीडकका गतिबिधिहरु मौलाईरहेका छन्।

अझ भन्ने हो भने म्यानपावर व्यवसायीहरु नै राजनीतिक व्यक्तित्व भएका कारण उनीहरुले सोझासाझा युवाहरुलाई लाखौं ठगि पीडित बनाइराखेका छन्। यस्ता व्यवसायीहरुले सरकारको आडमा वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई मर्नु न बाच्नुको अवस्थासम्म पुर्याएका छन्। विभागमा पुगेका पीडित युवाहरुका अनुसार धेरैजना व्यवसायीहरु पार्टीअन्तर्गतका डन, राजनीतिक व्यक्तित्व आदि भएका कारण चर्को ब्याजमा ल्याएर बुझाएको पैसा नउठेको गुनासो गर्छन्।

साथै, कतिपय म्यानपावरले भने बठ्याई गरी अवैधानिक तरिकाले पैसा असुल्ने अर्थात् विभागमा उजुरी दिँदा पनि विभागमार्फत पैसा फिर्ता लिन नमिल्ने तरिका अपनाई झुक्याएर युवाहरुसँग पैसा लिने गर्छन् । जसले गर्दा विभिन्न मुद्दा मामिला गरी लामो प्रक्रियामा जानु पर्ने कारणले उल्टै पीडित झन पीडित हुन पुगिराखेका छन्।

अन्ततः सरकारले युवाहरुलाई दलालहरुको ठगीमा पर्ने, मानव तस्करी तथा बेचबिखनमा पर्ने, रोजगार पाउनको लागि तोकिएभन्दा धेरै रकम तिर्नुपर्ने, रोजगारको क्रममा शारीरिक, आर्थिक मानसिक वा अन्य शोषणमा पर्ने जस्ता जोखिमबाट बचाउन राजनीतिमा संलग्न व्यक्ति वा आफन्त नै किन नहोस त्यस्तालाई कारवाहीको दायरामा ल्याउन हात कमाउनबाट पछि हट्नु हुँदैन। अनि मात्र वैदेशिक रोजगार पारदर्शी हुन्छ। जसप्रति सरकारले बेलैमा ध्यान जाओस्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!