यु.ए.ई.को बहुप्रतिष्ठित कम्पनी तमायाज इम्प्लाइमेन्ट सर्विसेस र एम्पावर इम्प्लोयमेन्ट सर्विसेस मा नेपाली कामदारको माग गरेको छ । यु.ए.ई.को तमायाज इम्प्लाइमेन्ट सर्विसेस र एम्पावर इम्प्लोयमेन्ट सर्विसेस कम्पनीले विभिन्न पोस्टका लागि ५५० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ३२,२६०/- रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ३२ हजार माथि रहेको छ । इच्छुक कामदारले कंगारु हुमन रिसोर्सेस प्रा लि को कार्यालय बत्तीसपुतली काठमाडौंमा भदौ १८ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-