यु.ए.ई. र कतारको बहुप्रतिष्ठित Ejadah Asset Management Group UAE र Al Waseef Asset Management Co, Qatar मा नेपाली महिला तथा पुरुष कामदारको माग गरेको छ । Ejadah Asset Management Group UAE र Al Waseef Asset Management Co, Qatar कम्पनीले विभिन्न पोस्टका लागि ५६० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ३२,५३०/- देखि ९७,५९०/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ३२ हजार माथि रहेको छ । इच्छुक कामदारले अन्जली ओभर्सिस सर्भिस प्रा लि को कार्यालय सामाखुशी काठमाडौंमा भदौ १८ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-