बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतार प्रहरी रोजगारको बाटो खुल्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ १३, २०७८ ०७;२९ बिहान प्रकाशित
विवादित कतार प्रहरीमा नेपाली युवा म्यानपावरमार्फत पठाउने चलखेल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : नेपालीहरू वैधानिक तरिकाले कतार प्रहरीमा भर्ना हुने प्रक्रियाले छिट्टै गति लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गतहप्ता कतारको दोहास्थित नेपाली दूतावासलाई नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सझौताको परिधिभित्र रहेर कतार प्रहरीका लागि मागपत्र प्रमाणीकरण गर्न अनुमति दिएको छ ।

कतार प्रहरीमा कोरिया र इजरायलमा जस्तै सरकारी स्तरबाट पठाउने चर्चा यसअघि नचलेको होइन । तर सन् २००५ को नेपाल र कतारबीचको द्विपक्षीय श्रम सम्झौतामा नेपाली नागरिकलाई नेपालका निजी क्षेत्रबाट पठाउने उल्लेख छ । यसले कतार प्रहरीमा पठाउने काममा निजी क्षेत्रका म्यानपावर कम्पनीहरुले जिम्मा पाउने देखिएको छ । कुन कुन म्यानपावर कम्पनी यस प्रक्रियामा सहभागी हुने छन् भन्ने विषय स्पष्ट भई नसकेको मन्त्रालय श्रोतले मध्यान्हलाई बतायो ।

कतारले एक वर्षअघि नै करिब १० हजार नेपालीलाई कतार प्रहरीमा भर्ना गर्न चाहेको थियो । तर नेपालबाट प्रष्ट निर्देशन नजाँदा त्यो विषय अन्योलमा मात्र होउयइन नेपाललाई प्राप्त हुन लागेको बैदेशिक रोजगारीको त्यो आकर्षक अवसर नै गुम्ने हो कि भन्ने अवस्था रहेको थियो । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सन् २००५ को नेपाल–कतारबीचको श्रम सम्झौताको मापदण्डभित्र रहेर मागपत्र प्रमाणीकरण गर्न अनुमति दिएपछि अहिले कतार प्रहरीमा नेपाली पठाउने विषय निर्णायक मोड लिएको हो ।

सरकारको अनुमति बिना यसअघि गत फागुनमा केही म्यानपावर कम्पनीहरुले ठूलो रकम उठाएर कामदार छनोट गर्न अन्तर्वार्ता गरेको भन्ने विषय सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा छापा मारी कारबाही गरेको थियो । विभागले छनोट प्रक्रियामा कसैले रकम उठाएको भए उजुरी दिन पटक–पटक आग्रह गरेपनि उजुरी भने पर्न सकेको थिएन ।

शुरुमा कतारको आन्तरिक मन्त्रालयले दोहास्थित नेपाली दूतावासमा दुई सय जनाको मागपत्र पेश गरेको तर पछि नेपालले अलमल गरेपछि त्यो प्रक्रिया त्यत्तिकै रहेको श्रोतले बतायो । कतारको अन्य क्षेत्रमा दुई वर्षको करार अन्तर्गत नेपाली कामदार जाने गरेका छन् । तर कतारले आफ्नो प्रहरीको सहयोगका लागि लैजान नेपालीलाई शुरुमा करारका माध्यमबाट तीन वर्षका लागि भर्ना गर्ने र पछि कार्य दक्षताका आधारमा करार अवधि बढाउन खोजेको बताइएको छ ।

कतार प्रहरी भनेपनि नेपालीले कतारको कोर पुलिस फोर्सको जिम्मेवारीमा काम नगरी सहायक फोर्समा काम गर्ने बताएइको छ । उनीहरुले हतियार बोक्नु पर्ने छैन । उचाई ५ फिट ७ इन्च र उमेर १८ देखि ३५ वर्ष समूहका नेपाली पुरुष कतार प्रहरीमा भर्ना हुन सक्ने छन् ।

आर्थिक तथा सामाजिक पाटो
नेपाल राष्ट्र बैंकले गत असार मसान्तसम्म रेमिट्यान्समार्फत ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ नेपाल भित्रिएको जनाएको छ । कतार प्रहरीमा काम गर्ने नेपालीहरुले मासिक करिब दुई लाख तलव पाउने छन् । दश हजार रोजगारीमा गए त्यसबाट नेपालमा २४ अर्बभन्दा थप बढी रेमिट्यान्स भित्रिने छ ।

कतारमा नेपालीहरु अहिलेसम्म प्रायः मजदुरका रूपमा मात्र काम गर्न गएका छन् । त्यसले नेपालीको परिचय नै ‘लेवर’मा मात्र सीमित गरेको छ । तर प्रहरीमा पनि काम शुरु गरेपछि नेपालीको छविमा सकारात्मक प्रभाव परी परिचय नै फरक पर्ने कतिपयको आंकलन छ । कतारले सन् २०३० को एशियन गेम आयोजना गर्दै छ । नेपालबाट जाने जनशक्तिले राम्रो काम गरेमा त्यसमा पनि अवसर पाउने अपेक्ष गरिएको छ ।

नेपालबाट कतारमा न्यून तलव पाउने निर्माण मजदुरहरु ठूलो संख्यामा जाने गरेका छन् । सन् २०२२ को विश्वकप फुटबलको आयोजनाको विषयमा कतारसँग दुश्मनी राख्ने पश्चिमा मुलुकका मानवअधिकारवादी सघसंस्थाहरुले अन्यसहित नेपाली कामदारमाथि चरम शोषण भएको भन्दै आलोचना गर्दै आएका छन् । मध्यान्ह दैनिकले छापेको छ ।

थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि www.baideshikjobs.com मा जानु होला ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!