क्वालालम्पुर (मलेसिया):= म्याग्दि जिल्लाका सुर्य बहादुर केसी करिब १९ बर्षदेखि मलेसियामा बेपत्ता भएका छन ।
म्याग्दीको अर्मन गाविस वडा नम्बर -४ का ४८” बर्षीय सुर्य बहादुर सन २००२ मा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेको परिवारले बताएको छ । परिवारका अनुसार सुरुमा केही समय सम्पर्क भएपनि त्यसयता उनी कहिलै परिवारको सम्पर्कमा आएनन् ।
सुर्य बहादुर मलेसिया गएको मात्रै भन्ने थाहा भएपनि कुन कम्पनी र कुन स्थानमा गएका थिए भन्ने समेत जानकारी परिवारलाई नदिएका कारण उनी अझै मलेसियामा हुन सक्ने भन्दै परिवारले खोजि गरिदिन आग्रह गरेको छ । उनको बारे जानकारी दिनेलाई परिवारले पुरस्कार समेत दिने बताएका छन्।
साथै उनको बारे कसैलाई थाहा भए +६०१६२९३०२७४ नम्बरमा अथवा मलाया खबरको सम्पर्क नम्बर +६०११७२३२८१५० मा फोन अथवा ह्वाट्सएप मार्फत सम्पर्क गरेर जानकारी दिनुहुन हार्दिक अुनुरोध गरिएको छ । जानकारी दिनेलाई मलेसियन आरएम १ हजार रिङ्गेट पुरस्कार समेत दिइने परिवारले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-