बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा–सिमरा उडान : दुई प्रदेशलाई जोड्ने महत्त्वपूर्ण माध्यम

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ १७, २०७८ १३;०९ मध्यान्ह प्रकाशित
बुद्ध एयरका दुई जहाज काठमाडौँमा आकस्मिक अवतरण
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कास्की – गण्डकी प्रदेशको पोखरा र प्रदेश-२ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्त्वपूर्ण आधार बनेकामा जोड दिइएको छ ।

लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल एसाेसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)गण्डकी प्रदेश र नाट्टा प्रदेश-२ ले विशेष पहल गरेका थिए ।

पहलस्वरुप हिजाेरदेखि बुद्ध एयरले प्रत्येक हप्ता तीन दिनका लागि नियमित उडान थालेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिराम अधिकारीले बताउनुभयो ।

पोखरा–सिमरा हवाई सेवाबाट जोडिएका अवसरमा नेपाल एसाेसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश-२ एवं बुद्ध एयरको सहकार्यमा हिजाे उडानमार्फत सिमरा आएको गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्थामन्त्री मणिभद्र कँडेलसहितको टोलीले विभिन्न सरोकारवाला निकायसँग छलफल एवं अन्तरक्रिया गरेको छ ।

पोखरा–सिमरा उडानले दुवै प्रदेशबीचका सम्बन्धलाई थप प्रगाढ बनाउँदै पर्यटकीय साझेदारीका साथै औद्योगिकलगायतका हरेक क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गरिएकाे छ।

हिजाे सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका र वीरगञ्जमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा वक्ताले पोखरा–सिमरा उडानले भारतीय पर्यटकको आवागमन बढ्नाका साथै आन्तरिक पर्यटनमा समेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएकाे छ ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्था मन्त्री कँडेलले भारतीय पर्यटकसहित वीरगञ्ज र समग्र प्रदेश-२ का पर्यटकलाई मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्राका लागि उडान महत्त्वपूर्ण बन्ने बताउनु भयाे । उहाँले सीधा उडानबाट गण्डकी प्रदेश र प्रदेश-२ दुवै लाभान्वित बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश-२ का उद्योग, पर्यटन मन्त्री रामनरेश राय यादवले प्रदेश हवाई उडानमार्फत जोडिनु महत्त्वपूर्ण उपलब्धि भएको जनाउँदै यसलाई व्यवस्थित र नियमित बनाउनेतर्फ सबैको चासो पुग्नुपर्ने बताउनुभयो । प्रदेश-२ का ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले सुरु भएको उडान अब बन्द हुन नहुने बताउँदै त्यसका लागि प्रदेश-२ सरकार प्रतिबद्ध रहेकोमा जोड दिनुभयो ।

नाट्टा प्रदेश-२ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा उडानका लागि नाट्टाका तर्फबाट निरन्तर प्रयास भएको जनाउँदै आउँदाे दिनमा यो उडानलाई व्यवस्थित र निरन्तरता गराउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटकीय गतिविधि बढ्नका लागि हवाई सञ्जालसँग जोडिनु आवश्यक भएको बताउँदै पोखरा–सिमरा उडानले गाडीबाट गर्नुपर्ने १० घण्टाको यात्रालाई आधार घण्टामा छोट्याइएको बताउनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाहले निकुञ्जमा धेरै प्रजातिका जनावर तथा चराचुरुङ्गी पाइए पनि पर्यटकीयरुपमा अपेक्षित उपयोग हुन नसकेको बताउनुभयो । नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईँले कोरोना प्रभावित पर्यटनलाई पुनःरुत्थान गर्न प्रदेश–प्रदेशबीचका सीधा उडान महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश-२ का अध्यक्ष गणेशप्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता, होटल क्लाक्र्स रिसोर्टका सञ्चालक सुनिलकुमार खेतानलगायतले पोखरा–सिमरा उडानसँगै दुवै प्रदेशबीचको पर्यटकीय, औद्योगिकलगायतका क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

टोलीले आज पनि पर्यटनको पुनःरुत्थानलगायतका विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!