क्वालालम्पुर (मलेसिया):= मलेसियामा करिबकरिब ३ लाखको हाराहारीमा नेपाली श्रमिकहरु विभिन्न क्षेत्रमा कार्यरत रहेका छ्न। त्यसमध्य कतिपय वैधानिक रुपमै काम गरिरहेका छ्न , भने कतिपय त अवैधानिक हैसियतमै काम गरिरहेको तथ्यांकले देखाउछ।
मलेसिया स्थित नेपाली दूतावासको द्धितिय सचिव तथा सुचना प्रमुख प्रतिक कार्कीले दिइएको जानकारी अनुसार हालसम्म कोरोना भाइरसको माहामारीले सिर्जना गरेको असहज परिस्थितिको कारण कोरोना अवधीभरमा मलेसियाबाट वैधानिक र अवैधानिक सबैगरि करिब ५९ हजार ६ सय ३२ जना नेपाली श्रमिकहरु स्वदेश फर्किसकेको बताउनुभयो।
मलेसियामा कोरोना माहामारीले आतंक मच्चाएदेखि र मलेसिया सरकारले पछिल्लो समयमा सुचारु गरेको घरफिर्ती कार्यक्रम मार्फत यहाँ वैधानिक कागजात नभएका , अवैधानिक हैसियतमा कार्यरत रहेका दूतावास मार्फत ट्राभल डकुमेन्ट बनाएर मलेसिया सरकारले तोकेको जरिवाना बापत्तको रकम तिरेर करिब ६ हजार नेपाली श्रमिक अहिलेसम्म स्वदेश फर्किसकेको द्धितिय सचिव कार्कीले बताउनुभयो।
साथै अझैपनि यहाँ मलेसियामा कोहि नेपाली श्रमिक अवैधानिक हैसियतमा कार्यरत रहनुभएको छ भने डिसेम्बर भित्रमा घरफिर्ती कार्यक्रममा सहभागी भैइ सुरक्षित साथ स्वदेश फर्किन द्धितिय सचिव कार्कीले सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्नुभयो।
मलेसिया सरकारले पछिल्लो समय अवैधानिक विदेशी श्रमिकहरु लाई स्वदेश फर्किन सहज होस भनेर केयलआईए विमानस्थलमै विशेष इमिग्रेशन कार्यालय संचाललनमा ल्याएको छ। स्वदेश फर्किन आवश्यक पर्ने सम्पुर्ण कागजातहरु बनाई हवाई उडानको समय भन्दा ६,७ घन्टा अगाडिनै सिधैँ एयरपोर्ट पुगेर फिङ्गरिङ् गरि , जरिवाना तिरेर स्वदेश फर्किन मिल्ने व्यवस्था मलेसिया सरकारले गरेको छ।
साथै मलेसिया सरकारले यहीँ बर्षको डिसेम्बर महिनाको अन्त्यसम्म अवैधानिक श्रमिक सजिलै घर फर्किन मिल्ने कार्यक्रम रिक्यालिब्रेसी पुलाङ् (स्वदेश फिर्ती) र अवैधानिक हैसियतमा रहेकाले रोजगारदाता कम्पनी रोजि वैधानिक बन्न पाउने मिल्नेगरि ( रिहाईरिङ्ग ) गरेर बस्न र काम गर्न मिल्नेगरि दुईवटा कार्यक्रम सञ्चालनमा ल्याएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-