काठमाडौं– कुवेतमा रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न मिल्ने भएको छ । त्यहाँको पब्लिक अथोरिटी अफ म्यानपावर पामअन्तर्गत जनसम्पर्क विभागका अनुसार रोजगारदाताका लागि नयाँ अनलाइन प्लेटफर्ममार्फत यस्तो व्यवस्था गर्न लागिएको हो ।
विभागका प्रवक्ता असिल अल मज्यादले यस्तो व्यवस्था गर्न लागेको बताएको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । भिसासँग सम्बन्धित लेनदेनका कुराहरूलाई समेटिएको नयाँ अनलाइन प्लेटफर्मले रोजगारदातालाई सजिलो हुने असिल अलको भनाइ रहेको समाचारमा जनाइएको छ । योसँगै अब रोजगारदाताले अनलाइनबाटै आफ्ना श्रमिकलाई एक क्षेत्रबाट अर्को क्षेत्रको भिसा प्रदान गर्न सक्नेछन् । एक ठाउँबाट अर्को ठाउँमा काम गर्नका लागि पठाउन सक्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-