काठमाण्डाै – कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ ।
आजदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागिएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिनुभयो । कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आजदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने उहाँले बताउनुभयो ।
पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् । कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा आजदेखि नै जीपलाइन पनि सुरु गर्न लागेको जानकारी दिनुभयो ।
पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-