काठमाडौं : कुवेतले देश अनुसार संख्या तोकेर आफ्नो देशमा आउने विदेशीहरुलाई अनुमति दिएपनि नेपाली कामदारहरुको यात्रा भने अनिश्चित बनेको छ ।
कुवेतले नेपालीलाई सिधा यात्रा अनुमति नदिएका कारण कुवेत जानेहरुले धेरै रकम खर्च गरी तेश्रो मुलुकमा बसेर जानु परेको छ । नेपालीहरुको उडान अनिश्चित हुँदा नेपालीहरु टर्कीको इस्तानबुल वा यूएई हुँदै कुवेत पुग्नुपर्ने बाध्यता छ । कुवेतस्थित नेपाली दूतावास केवगर्दैछ भन्ने प्रश्न उठ्न थालेको छ ।
कुवेतमा रहेका नेपालीहरुले अन्य देशको जस्तै नेपाली दूतावासले कुवेतका सरकारी निकायसँग छलफल गरेर नेपाली प्रवेशको संख्या तोक्ने व्यवस्था गर्न माग गरेका छन् ।
नेपालबाट अलजजिरा एयरलाइन्स, कतार र एयर अरेबिया एकतर्फी उडान भरेको भएपनि दैनिकरुपमा कति नेपालीले कुवेतमा प्रवेश पाउने एकिन भएको छैन ।
दैनिक ७ हजार ५ सय विदेशीलाई प्रवेश खुला गरेको कुवेतले भारतका लागि सातामा ५ हजार ५ सय २८ जनाको कोटा दिएको छ । तर त्यसका लागि भारतीय उडानलाई अनुमति दिइएको छैन । इजिप्टबाट १० हजार ९ सय ३४ जनाले उडान अनुमति पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-