बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

माथिल्लो तामाकोशी बनेसँगै नेपालमा बिजुली फालाफाल

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ २१, २०७८ २१;०६ मध्यान्ह प्रकाशित
माथिल्लो तामाकोशी बनेसँगै नेपालमा बिजुली फालाफाल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दोलखा जिल्लामा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै नेपालमा विद्युत फालाफाल भएको छ ।राष्ट्रिय गौरवमा सूचीकृत तामाकोशी आयोजना सम्पन्न भएपछि नेपालमा अहिले १९ सय मेगावाट विद्युत उत्पादन भैरहेको छ । अहिले यो आयोजनाबाट ३८० मेगावाट व्यवसायिक र ७६ मेगावाट परीक्षण उत्पादन भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले नेपालको विद्युत उत्पादन क्षमता १९ सय मेगावाट पुुगेको जानकारी दिएको छ । हाल नेपालमा १५ सय मेगावाट विद्युत खपत भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातोपाटीलाई जानकारी दिए । यो नेपालको कूल खपतभन्दा ४०० मेगावाट बढी हो ।

घिसिङले भने, ‘नेपालको विद्युत उत्पादन क्षमता १३ सय ५० बाट बढेर १९०० मेगावाटसम्म पुगेको छ । गत आर्थिक वर्ष २०७६/७७ सम्म १३५० मेगावाट थियो ।’ प्राधिकरणका अनुसार त्यसयता ५५० मेगावाट विद्युत उत्पादन थपिएर १९ सय मेगावाट पुगेको हो । तर, यो उत्पादन वर्षायामको मात्र हो । हिउँदमा नेपालको विद्युत उत्पादन क्षमता करिब ७०० मेगावाटले घटेर १२ सय मेगावाटमा झर्छ ।

वर्षायाममा उत्पादन क्षमता बढेर १९ सय मेगावाट पुगेपनि हिउँदमा उत्पादन क्षमता खुम्चिन्छ । वर्षामा नदीहरूको वहाब बढी हुने भएकाले बढी उत्पादन हुन्छ । तर, हिउँदमा नदीको बहाब सुक्ने भएकाले विद्युत उत्पादन क्षमता पनि घट्छ । त्यसैले हिउँदको समयमा नेपालका विद्युतको माग धान्न भारतबाट आयात गर्नुपर्ने हुन्छ । वर्षायाममा भने नेपालबाट भारततर्फ नै विद्युत निर्यात हुने गरेको छ ।

पूर्ण क्षमतामा माथिल्लो तामाकोशी
वि.सं. २०६७ सालदेखि निर्माण सुरु भएको तामाकोशी जलविद्युत (४५६ मेगावाट) आयोजनाबाट अहिले पूर्ण क्षमतामा उत्पादन भइरहेको छ । हाल आयोजनाका ६ मध्ये ५ वटा युनिटबाट पूर्ण क्षमता र एउटा युनिटबाट परीक्षण उत्पादन भइरहेको छ । एउटा युनिट परीक्षणकै रुपमा भएपनि त्यसबाट पनि विद्युत उत्पादन भइरहेको छ ।

जसबाट नेपालको प्रसारण लाइनमा ४५६ मेगावाट विद्युत थपिएको छ । माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा आफ्नो उत्पादन थालेपछि नेपालको विद्युत उत्पादन बढेर खेर जाने स्थितीमा पुगेको हो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन मिती दोस्रोपटक सारेपछि बल्ल पूर्ण क्षमतामा उत्पादन सुरु भएको हो ।

यसलाई २०७४ सालमा सम्पन्न गर्ने भनिएपछि भूकम्प र भारतीय नाकाबन्दीका कारण २०७७ सालमा सम्पन्न गर्ने भनियो । तर, उक्त मिति पनि नाघिसकेको छ । यद्यपि, यो आयोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा सूचीकृत हुने २४ आयोजनामध्ये सबैभन्दा पहिला सम्पन्न हुने आयोजना हो ।

यस्तो छ विद्युत उत्पादनको स्थिति
अहिले नेपालमा उत्पादन भइरहेको १९ सय मेगावाट विद्युतमध्ये नेपाल विद्युत प्राधिकरणकै ११ सय मेगावाट छ । प्राधिकरणका ठूला÷साना आयोजनाबाट यो परिमाणमा विद्युत उत्पादन भइरहेको निर्देशक घिसिङले जानकारी दिए । जसमा सबैभन्दा ठूलो योगदान माथिल्लो तामाकोशी जलविद्युत आयोजनाकै रहेको छ । यस्तै, हाल नेपालमा ३० मेगावाट सौर्य ऊर्जा समेत उत्पादन भइरहेको छ । यसैगरी, निजी क्षेत्रले बनाएका आयोजनाबाट करिब ८०० मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!