काठमाडौं : नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएसँगै बीमा कम्पनीको पनि आम्दानी घटेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ६२.८ प्रतिशतले घटेको बताएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगार म्यादी बीमा गर्नेको संख्या ३२.९० प्रतिशतले घटेको बीमा समितिले जनाएको छ । गत वर्ष ८ लाख ६० हजार ५१९ म्यादी जीवन बीमालेख जारी भएको थियो । साउन मसान्तसम्ममा म्यादी बीमालेखको संख्या करिब ३३ प्रतिशतले घटेर ५ लाख ७७ हजार ४ सय १० मा सीमित भएको समितिले जनाएको छ ।
साउनसम्ममा म्यादी जीवन बीमा गर्ने कम्पनीहरुले ९ करोड रुपैयाँ बराबरको बीमा शुल्क असुल गरेका छन् । वैदेशिक रोजगारको म्यादी बीमाको लागि वैदेशिक रोजगार विभागमा १४ जीवन बीमा कम्पनीहरु सूचीकृत भएका भएपनि चार बीमा कम्पनीहरुले मात्रै बीमा गरिरहेका छन् । हाल नेशनल लाइफ, सूर्या लाइफ, रिलायबल नेपाल लाइफ र यूनियन लाइफ इन्स्योरेन्सले म्यादी बीमाका लागि पुलको व्यवस्थापनको काम गर्दै आएका छन् । त्यसमध्ये साउनसम्ममा सूर्या लाइफ इन्स्योरेन्सले सबै भन्दा धेरै म्यादी बीमालेख जारी गरेको छ ।
कोरोना भाइरस संक्रमणका कारण वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका तीन नेपाली कामदारको मृत्यु भएको छ । मंगलबार एकै दिन कोरोना संक्रमणका कारण मलेसियामा तीन जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषा जनकपुर १२ जनकपुरधामका शत्रुधन साहू कलवार, अछामका छत्र वहादुर विष्ट र विनोद सिंह रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-