यु.ए.ई. को बहुप्रतिष्ठित कम्पनि Al Mansoor Enterprises LLC UAE मा नेपाली महिला तथा पुरुष कामदारको माग गरेको छ । Al Mansoor Enterprises LLC UAE कम्पनीले विभिन्न पोस्टका लागि ४३५ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब २५,५२०/- देखि ३८,२८०/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ३८ हजार माथि रहेको छ । इच्छुक कामदारले स्काई-वे म्यानेजमेन्ट प्रा. लि. को गौशाला काठमाडौँ मा भदौ ३१ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि www.baideshikjobs.com मा जानु होला ।
प्रतिक्रिया लेख्नुहोस्:-