बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

किसान किबी खेतीतर्फ आकर्षित

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ २४, २०७८ १५;४६ मध्यान्ह प्रकाशित
किसान किबी खेतीतर्फ आकर्षित

lsaLsf] af]6df nfu]sf kmn 8f]6L, @# ebf} . 8f]6L lhNnfsf] ;b/d'sfd l;nu9Ldf :yfgLo x]d dNnn] nufPsf] lsaLsf] af]6df kmn]sf lsaLsf kmnx? . t:jL/ M ljdnaxfb'/ lji6, /f;;

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | पछिल्लो समय यहाँका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कृषि आधुनिकीकरण नीतिलाई कार्यान्वयन गरिराखेको छ । यसले गर्दा उनीहरु मकै फल्ने बारीमा किबी खेती गर्न लागेका छन् । सो खेतीबाट वर्षौँसम्म आम्दानी लिन सकिने जनाइएको छ । यसबाट मनग्य आम्दानी हुन थालेपछि त्यसतर्फ आफूहरुको आकर्षण बढेको किसान बताउँछन् । जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा, दिपायल सिलगढी तथा शिखर नगरपालिकालगायतका ठाउँमा किबी खेती गरिँदै आएको छ ।

आठ वर्ष पहिले परीक्षणका लागि लगाइएको किबीले अहिले राम्रो फल दिन सुरु गरेको सिलगढीका स्थानीयवासी हेम मल्लले बताए। ‘साविकको जिल्ला विकास समितिले परीक्षणका लागि केही बोट किबी दिएको थियो, मैले लगाए अहिले राम्रो फलेको छ, मेरो किबी देखेर अरुले पनि लगाउन सुरु गरेका छन्,’ उनले भने। उत्पादित किबी स्थानीय बजारसँगै छिमेकी जिल्ला डडेलधुरा तथा कैलालीसम्म माग हुने गरेको उनले जानकारी दिए। किबी खेतीबाट मनग्य आम्दानी हुने गरेको जोरायल–५ गड्सेराका स्थानीयवासी लीलाधर विष्टले जानकारी दिए।

किबीप्रति किलो स्थानीय बजारमा २५० देखि ३०० सम्ममा सहजै बिक्री वितरण हुने गरेको उनको भनाइ छ । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायतका बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिए। ‘किबीले शरीरलाई राम्रो फाइदा दिन्छ, स्वास्थ्यमा फाइदा दिने जानकारी नागरिकले पाएपछि माग पनि बढेको हो।’

हर्बल प्रोडक्टमा पनि किबीको प्रयोग हुँदै आएको कृषि प्राविधिक बताउँछन् । किवी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँका विभिन्न ठाउँमा एक हजार ७०० देखि एक हजार ८०० फिटसम्मको उचाइमा किबी खेती गरिएको बताइएको छ । किबी खेतीका लागि डोटी जिल्ला उपयुक्त रहेको र किसानलाई प्रोत्साहन गर्न प्रदेश कृषि विकास निर्देशनालयले सहयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले जानकारी दिए।

‘हामी आधुनिक कृषि व्यवसायमा प्रोत्साहन गर्दैछौँ, किबीलगायत अन्य खेतीमा सहयोग गरेका कारण पछिल्लो समय यहाँका किसान व्यावसायिक कृषि खेतीमा लागिपरेका छन्।’ केही वर्ष पहिला परीक्षणका लागि सुरु गरिएको किबी खेती अहिले प्रशस्त फलेको र अन्य किसान पनि व्यावसायिकरूपमा किबीलगायतका खेतीमा लागेको उहाँको दाबी छ । किबीको बिरुवा रोपेको तीन वर्षमा फल दिन सुरु गर्ने भए पनि डोटीमा भने दुई वर्षमै किबीले फल दिएको र राम्रो आम्दानी भइरहेको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

किबीको बिरुवा पुस महिनामा रोपिने गरेको र यसको फल कात्तिकदेखि मङ्सिर महिनासम्म पाक्ने गरेको ज्ञान केन्द्रले जनाएको छ । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने किबी केन्द्रको दाबी छ । चीनबाट पहिलो उत्पादन सुरु भएको किबीको अहिले विश्वका विभिन्न देशमा व्यावसायिकरूपमा खेती हुँदै आएको बताइएको छ । विभिन्न १७ प्रकारका भिटामीन पाइने किबी फलमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘इ’ पाइने गरेको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!