बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को अबको बाटो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २४, २०७८ १७;५४ मध्यान्ह प्रकाशित
गैरआवासीय नेपाली सङ्घको सम्मेलन कात्तिकमा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा सम्पन्न हुँदैछ । उक्त अधिवेशनमा उम्मेदवारहरूको चर्चा पनि सुरु भएको छ । उम्मेदवारहरूले मीठा र आकर्षक नाराद्वारा आफ्नो प्रचार प्रसारमा सक्रिय छन् । जुन सामाजिक सञ्जालमा देख्न र पढन पाइन्छ । के ती नारा पूरा होलान् त ? विजय पश्चात उम्मेदवारहरूले ती नारालाई कतिको कार्यान्वयन गरे त ? प्रश्न उठेको छ । सिङ्गो संस्थाले नै घोषणा गरेका प्रतिबद्धता कति पूरा भए ? समीक्षा हुन जरुरी छ ।

एनआरएन स्थापना भएको १८ वर्ष भइसकेको छ । यो १८ वर्षको अवधिमा हाम्रो मातृभूमिले केकस्तो ज्ञान, सीप, क्षमता हासिल गर्न सफल भएको छ ? त्यसको लेखाजोखा गर्नु आजको आवश्यकता हो । त्यसैगरी विभिन्न कालखण्डमा यस सङ्घले निर्धारण गरेका उद्देश्य हासिल गर्न नसक्नुका मूलभूत कारण के–के हुन् ? गहन अध्ययनको विषय बनाउन अत्यन्त जरुरी छ । महाधिवेशन नयाँ कार्यसमिति गठन गर्नका लागि मात्र होइन । यो त सङ्घको विगतका कमजोरीहरूको मूल्याङ्कन र आगामी गन्तव्यको बाटो निर्देशन गर्ने बहस र छलफलको अवसर पनि हो । त्यसैले यस महाधिवेशनमा बृहत्तर छलफलको आवश्यकता छ ।

एनआरएनले विगतमा निर्धारण गरेको उद्देश्य र तिनको अवस्था
गैर आवासीय नेपाली सङ्घको पहिलो महाधिवेशन सन् २००३ को अक्टोबरमा काठमाडौँमा सम्पन्न भएको थियो । उक्त अधिवेशनले र त्यसपछिका विभिन्न अधिवेशनले जारी गरेका घोषणा पत्रहरूलाई अध्ययन गर्दा विशेष रूपले सम्बोधन नभएको र कार्यान्वयनका लागि विभिन्न चरणमा पहल गरेको भए पनि हालसम्म कुनै उपलब्धि हासिल हुन नसकोका निम्न कुरालाई लिन सकिन्छ ।

१. वैदेशिक रोजगारीमा रहेका नेपालीको भविष्य सुनिश्चित गर्ने लगानीका योजनालाई कोषको रूपमा स्थापना गर्न नसक्नु ।
२. ज्ञान र सीपका आधारमा ‘सीप बैैङ्क’को रूपमा विश्वव्यापी अभिलेख सङ्कलन गर्न सफल नहुनु ।
३. वैदेशिक रोजगारीमा जानेहरूको दक्षता अभिवृद्धि गर्न ‘दक्षता अभिवृद्धि केन्द्र’ स्थापना गर्न असफल हुनु ।
४. नेपाल सरकार तथा उद्योग, वाणिज्य महासङ्घका हुने गरेका विदेश भ्रमणहरुमा सम्बन्धित मुलुकमा बसोबासरत नेपालीहरूलाई उक्त प्रतिनिधि मण्डलमा समावेश गर्ने नीति कार्यान्वयन नहुनु ।
५. यस सङ्घलाई दल निरपेक्ष बनाउने उद्देश्यमा कुनै पनि पहल कदमी नहुनु ।
६. एक पटकको नेपाली सधैको नेपाली भन्ने भावनालाई नेपाल सरकारमार्फत कार्यान्वयन गर्ने सन्दर्भमा सफलता हात नपर्नु ।
७. न्यून ज्यालामा रोजगारी गरिरहेका वैदेशिक रोजगारीमा संलग्न कामदारहरूको सानो पुँजीलाई पनि सामूहिक लगानीका लागि आकर्षण गर्न नसक्नु ।

उपलब्धिहरू :
गैर आवासीय नेपाली सङ्घले स्थापनापछिको १८ वर्षको अवधिमा यसले विभिन्न किसिमका कार्य गर्दै आएको छ । त्यसको उपज आज नेपाल सरकार र नेपाली जनताका बीचमा आफ्नो उपस्थितिलाई प्रमाणित गरिसकेको छ । यस १८ वर्षको अवधिमा यस सङ्घ र यसको नेतृत्वले निर्धारण गरेका कार्यक्रममा निम्न अनुसारको सफलता हासिल गरेका रूपमा लिन सकिन्छ ।

१. गैर आवासीय नेपाली सङ्घले नेपालको आर्थिक विकासमा प्रत्यक्ष सहयोग पुर्याउन १० अर्ब रुपियाँको ‘इन्भेस्टमेन्ट फन्ड’को स्थापना गर्न सफल भएको छ
२. यसका एनसीसीहरूको सामूहिक संलग्नतामा आफ्नो केन्द्रीय कार्यालय भवन निर्माण गर्न सफल हुनुका साथै प्रशासनिक खर्चमा आत्मनिर्भर हुने भएको छ
३. विभिन्न समयमा मुलुकमा आइपरेका प्रकृतिक विपत्तिहरूमा सहयोगी भूमिका निर्वाह गर्न सफल भएको छ । यस प्रकारका कार्यमा सामूहिक संलग्नताको भावनाको अभिवृद्धिमा विशेष पहल गरेको छ ।
४. वैदेशिक रोजगारीमा गएका नेपालीहरूको आपत् विपत्मा उद्धार गर्न भरपर्दो सारथि संस्थाको रूपमा स्थापित भएको छ ।
५. विभिन्न मुलुकमा व्यवसाय गरिरहेका नेपालीहरू बीच व्यावसायिक साझेदारी गराई नेपालमा लगानीको वातावरण तयार गरेको छ ।
६. नेपालको संविधानमा नै गैर आवासीय नेपालीहरूको विषयलाई लिपिबद्ध गर्न सफल भएको छ ।
७. गैर आवासीय नेपालीहरूको सामाजिक सुरक्षाको सन्दर्भमा नीति निर्माण प्रक्रियामा उल्लेखनीय सफलता हासिल गरेको छ यद्यपि कार्यन्वयन गर्न बाँकी नै छ ।
८. विभिन्न मुलुकमा रहेका नेपालीहरूका लागि साझा चौतारीका रूपमा स्थापित भएको छ ।

माथि उल्लेखित विषयहरूले गैर आवासीय नेपाली सङ्घ आज नेपाल र नेपालीका लागि सहयोगी संस्थाका रूपमा स्थापित भएको कुरालाई प्रमाणित गर्न सफल भएको छ । विश्वका विभिन्न मुलुकमा रहेका करिब ४० लाख नेपालीका लगि स्थापना भएको यस सङ्घले आम प्रवासी नेपालीका बीचमा आकर्षणको केन्द्र बन्न नसक्नुको मूल कारणको सन्दर्भमा सोच्नुपर्ने देखिन्छ । समग्रमा माथि उल्लेख गरिए अनुरूप यस सङ्घले विभिन्न चरणमा जारी गरेका घोषणापत्र अनुरुपका उद्देश्यहरूको प्राप्तिमा सफलता हात नपर्नुका मूलभूत कारणलाई मिहिन ढङ्गले अध्ययन गर्न जरुरी छ । ती उद्देश्यहरूको कार्यान्वयन पक्ष फितलो हुनुका मूलभूत कारण निम्नअनुसार हुन सक्छन् ।

१. यस सङ्घको नेतृत्वको अवधि २ वर्ष मात्र हुनु अर्थात् कार्यकाल समयावधि छोटो हुनु; जसका कारण नयाँ नेतृत्वले विगतका नेतृत्वले निर्धारण गरेको कार्यभन्दा आफूद्वारा घोषित कार्यक्रममा नै बढी केन्द्रित हुन बाध्य हुनुपर्ने ।
२. सङ्घका अधिवेशनहरूमा २ वर्षे कार्यकाल र त्यसले हासिल गरेको उपलब्धिका सन्दर्भमा मात्र छलफल एवं बहस केन्द्रित हुनु । विगतका थाँती रहेको विषयका सन्दर्भमा केकस्ता पहल कदमीको अवश्यक पर्दछ, सो कार्यका लागि नयाँ पदाधिकारीहरूलाई उक्त कार्यको जिम्मेवारी हस्तान्तरण गर्ने पद्धतिको विकास नगरिनु ।
३. सङ्घका नयाँ पदाधिकारीका लागि नेपालको राजनीतिक विचार र दलगत आशीर्वादका आधारमा नेतृत्व स्थापना एवं हस्तान्तरण गर्ने प्रक्रियाले जरो गाड्नु ।
४. हरेक व्यक्तिमा फरक सीप, क्षमता र दक्षता रहेको कुरालाई स्वीकार गरिने भए पनि यस सङ्घको पदाधिकारीमा उपस्थिति जनाई आफ्नो क्षमता, सीप र दक्षतालाई सङ्घको हितमा आर्थिक भार बोक्न बाध्य हुनु; जसका कारण नेतृत्वमा आउन मन भएका तर धन नभएकाहरूका लागि आकाशको फल साबित हुनु अर्थात् एनआरएनए आफैमा महँगो साबित हुनु ।

नेतृत्वको अबको काम
१. यस सङ्घको नेतृत्वले विगतका पदाधिकारीहरूसँग छलफल गरी उपलब्धि हासिल गर्न छलफल चलाउन आवश्यक छ ।
२. नयाँ कार्यसमितिको आगमनसँगै पुरानो कार्यसमितिले स्थापनाकालदेखि हालसम्म उपलब्धि हासिल भएका विषय, प्रक्रियागत अवस्थामा रहेका विषय र उल्लेख भएको तर कुनै प्रक्रियाको थालनी नभएको विषय लिखित रूपमा नयाँ समितिलाई हस्तान्तरण गर्ने प्रक्रियाको सुरुवात गर्नुपर्ने छ ।
३. मानिस राजनीतिक प्राणी हो । त्यसैले संस्थाहरूमा राजनीति हुनु स्वाभाविक भए पनि दलगत र विचारगत राजनीतिलाई न्यूनीकरण गरी नेपाल र नेपालीको समृद्धि र सहयोगका लागि मात्र राजनीति हुन आवश्यक छ भन्ने बुझ्न र बुझाउन जरुरी छ ।
४. साँच्चै नै यस अभियानमा आम प्रवासी नेपालीहरूलाई जोड्ने हो भने अबको नेतृत्वका लागि आर्थिक पिरामिड निर्माण गर्नुभन्दा व्यक्तिको क्षमता, दक्षता, सीपका आधारमा नेतृत्वमा पुग्ने आधार निर्माण गर्न आवश्यक छ ।
५. वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई तुरुन्त कार्यान्वयनमा लैजानुपर्छ । कार्यान्वयनका लागि सरकारलाई आवश्यक दबाब सिर्जना गर्नसक्नु पर्दछ ।
६. गैर आवासीय नेपाली सङ्घले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न विभिन्न परियोजनाको छनोट गरी लगानीमा प्रोत्साहन गर्नुपर्छ । इन्वेस्टमेन्ट फन्ड मार्फत नेपाल फर्किसकेपछि पनि उनीहरूको भविष्यलाई सुरक्षित बनाउन पहल गर्नसक्नु पर्छ ।

निष्कर्ष :
गैर आवसीय नेपाली सङ्घलाई नेपालीको हितका लागि बनाउने हो भने सबैभन्दा पहिले यसका नेतृत्वमा विचार, दल, सिद्धान्त र अर्थभन्दा पनि नेपाल र नेपालीको मन, मस्तिष्कमा राख्न आवश्यक हुन्छ । प्रत्येक व्यक्तिको सोच, दृष्टिकोण र कार्यशैली पृथक् हुनसक्छ । तर यी सबै विविधताबीच नेपाल र नेपालीमा अपनत्व रहने हुँदा सबैको अर्जुनदृष्टि आपसी हित भन्ने कुरालाई नै मूल मन्त्र बनाउनुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!